क्षेत्रमा मकवानपुरलाई १० स्वर्ण सहित २८ पदक
हेटौंडा, ३० मंसिर/आगामी पुस ८ गते देखि पूर्वाञ्चलमा आयोजना हुन लागेको सातौं राष्ट्रिय खेलकुदका लागि मकवानपुरबाट ११ जना खेलाडी सहभागी हुने पक्का भएको छ ।
भलिवल, फुटबल र क्रिकेटका खेलाडीहरुको छनौट हुने भएकाले ति खेलबाट कति खेलाडी छनौट हुन्छन् भन्ने टुंगो केही दिन पछि मात्र लाग्ने खेलकुद विकास समिति मकवानपुरका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए । मध्यमाञ्चलमा भएको छनौटमा सहभागी मकवानपुरका खेलाडीहरुले २८ पदकमा विजय हाँसिल गरेका छन् ।
राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेहरुमा फुलकन्ट्याक्ट करातेका सन्तोषकुमार लामा, विनोद थापा र निर्मला लो रहेका छन् । यस्तै उसुका मकल आचार्य र कृष्णहरी बर्तौलाले पनि राष्ट्रिय प्रतियोगिता खेल्ने छन् । यस्तै करातेका पूजा खनाल र तेक्वान्दोका ओमबहादुर मोक्तान तथा बक्सिङका सन्जुमाया थिङ पनि पूर्वाञ्चलमा खेल्न जाने पक्का भएको हो । यस्तै ब्याडमिन्टका अभिषेक बोस र दोस्रो भएपनि सुष्मा लामा पनि राष्ट्रिय प्रतियोगितामा सहभागी हुने पक्का भएको छ । यता भलिवल, फुटबल र क्रिकेटका खेलाडी छनौटको नतिजा अझै पनि क्षेत्रीय खेलकुद विकास समितिले सार्वजनिक नगरेकोले कति खेलाडी सहभागी हुन पाउने हुन टुंगो हुन वाँकी रहेको खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए ।

