Header Ads


प्याब्सनले ग¥यो ८ जनालाई सम्मान

हेटौंडा, ६ पुस / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरले बुधबार ८ जनालाई एकै मञ्चबाट सम्मान गरेको छ ।
प्याब्सन मकवानपुरको बुधबार भएको छैठांै जिल्ला अधिवेशनबाट शिक्षा क्षेत्रमा योगदान पु¥याएका ८ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा ज्ञानोदय बालबाटिका एकेडेमीका संस्थापक प्रिन्सिपल विन्दुगोपाल गोर्खाली, अरनिको एकेडेमी माविका संस्थापक पेम्पा लामा, सिद्धार्थ शिशु सदनका शिक्षक रघुनाथ घिमिरे, हिमालयन इङ्ग्लिस बोर्डि· स्कूल पालु·का शिक्षक कुमार गुरुङ, हेटौंडा मोर्डन आवासीय माविका शिक्षक नारायणप्रसाद खतिवडा, कृष्ण आदर्श बोर्डि·का शिक्षक उमा मिश्र, नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई र पत्रकार सुरेश श्रेष्ठलाई सम्मान गरेको हो ।
सम्मानित भएका व्यक्तिहरुलाई प्याब्सन मकवानपुरका अध्यक्ष मदनकुमार दाहाल र प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापाले सममानापत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष थापाले ऐन नियमावलीको अंकुश नीजि विद्यालयमा हुने गरेको बताइन् । सरकारले निजी विद्यालयलाई अनुदान नभै अनुमती मात्र दिने गरेको उनको भनाई थियो । प्याब्सन मकवानपुर अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अनिल पाण्डेले स्वागत मन्त्व्य व्यक्त गरेका थिए । कार्यक्रममा मकवानपुरका शिक्षा अधिकारी वीरेन्द्रज· थापा, सहायक शिक्षा अधिकारी हुमनाथ शर्मा, प्याब्सन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ, केन्द्रीय सचिवालय सदस्य आरवी कटुवाल, केन्द्रीय सदस्य ग्रेस श्रेष्ठ, हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्राचार्य पुरनबहादुर जोशी, इष्टु मकवानपुरका अध्यक्ष सुदीप बर्तौला, संस्थागत विद्यालय अभिभावक संघ अध्यक्ष रमिला सापकोटा, नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईँलगायतको आतिथ्यता रहेको थियो ।

पुनः पुरानै नेतृत्व

हेटौंडा/प्याब्सन मकवानपुरमा पुरानै नेतृत्व दोहोरिएको छ । अध्यक्षसहित सम्पूर्ण पदमा पुरानै कार्यसमिति चयन भएको हो । बुधबार भएको प्याबसनको छैठौ जिल्ला अधिवेशनबाट दाहालको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्माण भएको हो । जसको उपाध्यक्षमा अनिल पाण्डे, सचिवमा विनोद सुवेदी, सहसचिवमा नविन केसी, कोषाध्यक्षमा राजकुमार नहर्की, सहकोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा पिताम्बर बास्तोला, विष्णुहरी सुवेदी, सुरेन्द्रमान प्रधान, रीना आचार्य, राजन थापा, रामकुमार श्रेष्ठ, रुपेश श्रेष्ठ, अरविन्दकुमार झा र उपेन्द्र सुवेदी रहेका छन् ।
Powered by Blogger.