Header Ads


पदमपोखरी बालश्रममुक्त घोषणा

हेटौंडा, ६ पुस/हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी संयुक्त वडालाई निकृष्ट बालश्रममुक्त घोषणा गरिएको
छ ।
हेटौंडा उपमहानगरपालिकालाई नै निकृष्ट बालश्रममुक्त घोषणा गर्ने अभियान अन्तर्गत पदमपोखरीलाई बुधबार निकृष्ट बालश्रममुक्त घोषणा गरिएको हो । सांसद् अनन्त पौडेलको प्रमुख आतिथ्यता एवम् निकृष्ट बालश्रममुक्त घोषणा अभियान पदमपोखरीका संयोजक सिताराम पाख्रीनको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद् पौडेलले यस अभियानले पदमपोखरीलाई निकृष्ट बालश्रममुक्त घोषणासंगै यस क्षेत्रको साख बढाएको भन्दै यसलाई जोगाइराख्न अनुरोध गरे । घोषणालाई घोषणामा मात्र सिमित नराख्न अनुरोध गर्दैै उनले म बालश्रम गराउँदिन र मेरो क्षेत्रमा बालश्रम गर्न दिन्न भन्ने प्रतिबद्धता बोकेर अघि बढ्नुपर्ने सुझाव दिए ।
हेटौंडा उपमहानगरपालिकालाई मानवीयताको सहर घोषणाको लागि समेत यसले ठुलो सहयोग गर्ने बताउ“दै सांसद पौडेलले बालबालिकालाई विद्यालय पठाउने उमेरमा काममा लगाउन नहुने बताए । घोषणा कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत शंकरप्रसाद उपाध्याय, सामाजिक विकास महाशाखा प्रमुख भीम तिमल्सिना, प्लान इन्टरनेशनल नेपालका एसपी जैसवाल, बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडा, नगर बाल क्लव सञ्जाल समिति अध्यक्ष रोनिशा फ“ुयाललगायतले बालश्रममुक्त घोषणालाई घोषणामा नै सिमित नराख्नको लागि अनुरोध गर्दै घोषणाको महत्वलाई बुझ्दै आफ्ना गतिविधी अघि बढाउन अनुरोध गरे । प्लान इन्टरनेशनल नेपालको होप परियोजना अन्तर्गत बालकल्याण समाज एवम् हेटौंडा उपमहानगरपालिकाले बालश्रममुक्त नगर बनाउनको लागि आफ्नो तर्फबाट कार्य गरिरहेको छ ।
यो संगै १६ वटा वडा निकृष्ट वालश्रममुक्त घोषण भइसकेको संयुक्त वडा कार्यालय पदमपोखरी प्रमुख गंगा चौलागाईंले जानकारी दिइन् । पदमपोखरीलाई बालश्रममुक्त घोषणा गर्नुपूर्व स्थानीयको सहभागितामा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिएको चौलागाईंले बताइन् । घोषणापूर्व स्थानीय टोलबासी, राजनीतिक दलका प्रतिनिधी, पदमपोखरीमा रहेका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागितामा ¥यालीको समेत आयोजना गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिकामा प्लान इन्टरनेशनलको सहयोगमा बाल कल्याण समाजले सन् २००८ देखि बालश्रम अन्त्यका लागि निकृष्ट बालश्रम न्युनीकरण परियोजना होप संचालन गरिरहेको छ ।
Powered by Blogger.