Header Ads


खानेपानी बोर्डको आम्दानी ३ करोड

हेटौंडा, ६ पुस/हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको पहिलो चौमासिकमा ३ करोड १० लाख रुपैया“ आम्दानी भएको छ ।
बुधबार प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बोर्डले २ करोड १२ लाख रुपैया“ आन्तरिक आय गर्न सफल भएको जानकारी दिइएको छ । प्रथम चौमासिकमा १ करोड ३२ लाख रुपैया“ खर्च भएको जनाएको छ । कर्मचारी तलब खर्च ५३ लाख रुपैया“, विद्युत महशुल ४१ लाख रुपैया“, सेवा सञ्चालन खर्च १७ लाख रुपैया“ भएको बोर्डले जनाएको छ । दैनिक १ करोड १३ लाख लिटर पानी वितरण गर्ने गरेको खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
प्रथम चौमासिकमा १ सय ९४ नया“ धारा जडानको लागि निवेदन आएको छ भने १ सय ९३ वटा नया“ धारा जडान
गरेको छ । खानेपानी व्यवस्थापन कार्यालयबाट वोर्डमा स्वामित्व हस्तान्तरण भए पछि बोर्डले ६२ लाख रुपैया“ बक्यौता उठाएको छ । ४ लाख रुपैया“ उठाउन बा“की रहेको जानकारी दिइएको छ ।
बोर्डले हेटौंडा–१६ मा जेनेरेटेर हाउस निर्मण सम्पन्न गरेको छ भने उपभोक्ताहरुस“गको सहकार्यमा ८ सय ८५ मिटर पाइपलाइन परिवर्तन गरिएको अध्यक्ष बिष्टले जानकारी दिए । यस्तै हेटौँडा खानेपानी बोर्डले दैनिक १ करोड १३ लाख लिटर पानी वितरण गर्ने गरेको जनाएको छ । हेटौँडा वडा नम्बर १ देखि १० र १६ देखि २१ मा बसोबास गर्ने ८० हजार जनसंख्यालाई १२ हजार ४ सय १० धाराबाट सरदर ६ देखि ७ घण्टा पानी वितरण गर्ने गरेको अध्यक्ष बिष्टको दावी छ । बोर्डका अनुसार अहिले मासिक सरदर ५१ लाख ८ हजार ६ सय ३ रुपैँया विलिङ हुने गरेको छ ।
कम्प्यूटर बिलिङ सिष्टम लागू भएपछि बोर्डप्रति विश्वास गरी ग्राहकले २७ लाख ७ हजार रुपैँया अग्रिम महसुल भुक्तानी गरेको उनले जानकारी दिए ।  बोर्डका निमित्ति कार्यकारी निर्देशक सुर्दशन ढकालका अनुसार प्रथम चौमासिकमा सामरी सम्बवेल संरक्षणका लागि ग्याविन लगाउने, हेटौँडा–८ र ९ मा ५ सय ५० मिटर जीर्ण पाईपलाईन विस्तार गरिएको छ ।
उनका अनुसार यो अवधिमा हेटौँडा–७ र ५ मा डिप ट्युववेल निर्माण, विभिन्न क्षेत्रमा पुराना जीर्ण पाईप परिवर्तन, पानी परीक्षण प्रयोगशालाको स्तरोन्नति कार्य, भल्वहरुमा चेम्बर निर्माण, सहलगानीमा काम गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत प्रक्रिया अघि बढाउने जस्ता काम भईरहेको छ ।
Powered by Blogger.