एसियन हाईवे विस्तार र आकासे पुलको आवश्यकता
![]() |
| रामप्रसाद पण्डित |
नेपाल एउटा भूपरिवेष्टित राष्ट्र भएकोले आफ्नो लगानीमा ठुला योजना तयार गर्ने आट गर्न सक्दैन तर सरकार यतिसम्म कमजोर बनिदिन्छ कि विश्वव्यापी योजनालाई समेत कमसल योजनाको रुपमा मुल्याकंन गर्छ र कार्यान्वयन गराउदैन । विश्व सडक संरचनालाई सरल बनाउने एसियन हाइवेले पुर्वमा काकट्टभित्ता, इटहरी, ढल्केवर, पथलैया, हेटौंडा, नारायगण, बुटवल, कोहलपुर, अतरिया, महेन्द्रनगर हुदैं ब्रमादेवमन्डी पश्चिम नेपालसँग आफ्नो सिमाना जोड्नेछ जसको दुरी १०२७ कि.मी.छ ।
महेन्द्रनगर देखी ब्रमादेवमन्डीको रुटमा भारत सरकारले सहयोग गर्ने समेत जनाएको छ । यता भारतको रक्सौल, पथलैया, हेटौडा, नारायगण, मुगलिन, नौबिसे, काठमान्डौं, भक्तपुर, धुलिखेल, पाचँखाल, लामोसागु, बाह्रबिसेदेखि कोदारी नाका चिनसँग सिमाना २९७ कि.मी.ले जोड्नेछ । एसियन हाइवेमा कुल १३०७ कि.मी सडक बन्नेछ ।
एसियन हाइवे योजनामा परेको मकवानपुर जिल्लाका हेटांैडा उपमहानगरपालिकाभित्रका सडक मापदण्डको घरलाई कहिलेसम्म बचाउने ? सरकारले एसियन हाइवेमा परेको हेटौडा बजारभित्रको सडक विस्तार कार्यको बजेट कहिलेसम्म रोक्ने ? सुन्दर सहरको सौन्र्दयता कति दिनसम्म अन्धकारमा राख्ने ? मापदण्ड भित्रका घर कहिले भत्काउने भन्ने विषयमा सरकार आफै अल्मलिएको छ चाहे त्यो राजनीतिक हस्तक्षेपको कारण वा भनौ स्थानियकै चेतना अभावको कारण होस । समग्र मकवानपुरको विकास एउटै लौरोमा अडिएको छ त्यो हो एसियन हाइवे । एसियन हाईवेले हेटौंडा बजारलाई एउटा अन्तराष्ट्रिय सडक मार्गको रुपमा बजार विस्तार गराउँछ । यतिमात्र नभएर दिनानुदिन बढ्दै गइरहेको साधनको चाप व्यवस्थापनको लागि भएपनि हाईवे विस्तार जरुरी देखिन्छ । एसियन हाईवेले हेटौंडा बजारलाई थोरै भएपनि विस्तार गर्न मद्दत गर्नेछ । नयाँ तथा आर्कषक भौतिक संरचना तयार हुनेछन् । वैज्ञानिक ढ·का व्यवस्थित व्यापारिक भवन तयार हुनेछ । आज राम्रा शहरमा पर्ने हेटौंडा सधैको लागि नमुना सहरको रुपमा चिनिनेछ । हेटौंडामा केहि महिनादेखि बढ्दै गएको ट्राफिक समस्या के को परिणाम हो त ? सम्रग देशमा बढेको सडक दुर्घटना र त्यसबाट मृत्युवरण गर्नेमा हेटौडेली छैनन् त ? त्यसको मुख्य कारण सडक र जनचापपनि हो । एसियन हाईवे विस्तारसंगै हेटौडामा आकासे पुलको आवश्यकता उतिकै मात्रामा देखिन्छ । यसको परिकल्पना पनि गरीहाल्न जरुरी छ । जसले ट्राफिक जामलाई कम गर्न धेरै मद्दत गर्नेछ । आकासे पुल बनाएर जनचापलाई त्यसको माध्यमबाट आवत जावत गराउने योजना बनाए सडक दुर्घटना कम हुनुको साथै सडक जाम पनि कम हुनेछ ।
हेटौडाका बजार भित्र ५÷६ ओटा आकासे पुलको आवश्यता छ । हेटौडाको जनचापका साथै दुर्घटना बढि भएका स्थान तथा ट्राफिक जाम बढि हुने स्थान सिमेन्ट रोड(गुम्वा चोक) वन विज्ञान क्याम्पस चोक, वाइपास चोक, सिमाचोक, बुद्धचोक, हस्पिटल, जिल्ला प्रहरी तथा दुरसंचारलाई केन्द्र बनाएर आकासे पुल बनाउन जरुरी छ । यसरी आकासे पुलले शहरको आर्कषणलाई समेत उजागर गर्नेछ । विस्तार भएका शहरहरु चितवनको भरतपुर टाँडी सडक खण्ड, बुटवल भैरहवा सडक खण्ड, सडक विस्तार भएको जितपुर सहरको मुहार फेरिएको बर्षौ भैसकेको छ ।
अर्थतन्त्रमा मुख्य भूमिका खेल्ने आर्थिक नगरी विरगञ्जको सडक विस्तार प्रयासरत छ र यो कार्य चाँडै पुरा हुनेछ भने निकट भविष्यमा त्यहाँको विकास राम्रो स्थानमा पुग्नेछ । कुरा विरगञ्जको मात्र हैन सम्रग देशको सडक विकासको भावनालाई आत्मसात गर्ने र नियमसमत्त काम गर्ने व्यक्ति आउने हो भने समग्र नेपालको सडक बिकासको अनुमान गर्न सकिदैन । अर्थमन्त्री डा. बाबुराम भट्टराईले विस्तार गरेको काठमाण्डौ सडक खण्डको लोकप्रियताले शिखर त्यतिखेर चुम्यो जब त्यो भुकम्पको ठुलो क्षति तथा दुर्घटनाले काठमाण्डौंको जनतालाई महसुस गरायो । सरकारले एसियन हाईवे विस्तारका लागि पटक पटक निकालेको सुचनालाई आधार मानेर सडक विभागले सरकारी निकायलाई चिठ्ठी काटेर कार्यान्वयन गर्न खोज्दा नागरिक समाजको भविष्यलाई अन्धकारमा पारेर सुकिला मुकिलाले बिकासलाई पछाडि धकेलेको तथ्य सबैको अगाडि छर्ल· छ । कानुनलाई कार्यान्वयन गराउने सरकार धनीपतिको दबाब अगाडि नतमस्तक हुदाँ आज सरकारले नागरिक समाजबाट विश्वास गुमाउदै गएको छ । मकवानपुरको विकास २÷४ जनाको हातमा अड्याउदाँ सम्रग मकवानपुरेको बिकास कहाँ गयो त ?
मकवानपुरको विकासमा प्रयास नभएको भने पक्कै हैन । राजनीतिक रुपमा सफल तथा ठुला नेता पाउन नसक्नु वा त्यस किसिमको भूमिका नदिईनु विश्लेषणका पक्ष होलान् । राष्ट्रिय योजनामा आफ्नो सहभागीता जनाउने नेता पाउन सकेको छैनौ । मकवानपुरको विकासलाई अगाडि बढाउने आधारशीला मानिएको सुरुङमार्ग वैज्ञानिक नियमअनुसार छिटो तात्ने वस्तु छिटो सेलाउने जस्तै जति छिटो त्यो प्रोजेक्ट तात्यो त्यति छिटो सेलाएको छ । बेला बेलामा सबाल जवाफ उठाइन्छ जग्गाको काम गर्ने योजनामा लागेका बिचौलियालाई मोटाउन सहयोग गरेको छ पुर्वाधार विकास कम्पनी तथा च्याउ झै उम्रिएका अनलाइन न्युज च्यानलले । मकवानपुरसँग इज्जत जोडिएको सुरुङ्मार्ग बिचमै तुहिन लागेको छ । जुन योजनामा हजारौ जनताको लाखौ रुपैया लुट्ने पुर्वाधार विकास कम्पनीलाई सरकारले कारवाहि गर्दैन ।
सुरुङमार्गप्रति युवासहभागिता तथा लगानी अतिनै सम्मान जनक थियो । युवा तथा जनसहभागीता राम्रो भएको योजना सिमित व्यक्तिको कारण तुहिने अवस्थामा पुगेको छ । नेपाली युवाले विदेशी भूमिमा पसिना बगाएर पठाएको रकम लगानी गरेको रकम खतरामा छ तर सरकार मौन छ । यस्तो व्यवहारले सरकारप्रति पनि समय समयमा प्रश्न खडा हुनु जायज हुन । राष्ट्रको गौरव बोकेको योजनामा सरकारपनि लगानी तथा सहयोग गर्न हिचकिचाउछ । यस्तो योजनामा सरकारले सहभागीता जनाउने हो भने योजनाप्रति जनताको विश्वास बढ्ने देखिन्छ जसले गर्दा राष्ट्रिय योजना पुरा हुने संभावना हुन्छ । राष्ट्रिय योजना पुरा गराउन सक्नु त्यो सरकारको सफल पक्ष हो । देश र जनतालाई अन्तराष्ट्रिय रुपमा सक्षम तु्ल्याउनु हो ।
नेपालको आजसम्म सफल भएका योजनाहरु धेरै छन् तर त्यस्ता योजनामा जनताको लगानी देखिदैन् भएपनि कम मात्रामा देखिन्छ । यस्ता योजनामा पुँजीपतिको बर्चस्व रहने इतिहासले प्रमाणित गरेको छ । जनताको लगानी लिएर आज सम्म कुनै सोसिएल अडिट नदिने पूर्वाधार विकासका कम्पनिका मालिकलाई कटघरामा ल्याउन नसक्नु सरकार पक्षको ठुलो कमजोरी हो । यस्ता सफल योजना बन्दै जाने हो भने अन्य योजनाको परिकल्पना गर्न सकिन्छ । १ घण्टाको सुरु·मार्गले तपाईलाई काठमाण्डौ पु¥यायो भने हजारौले हेटौडाबाट आफ्नो काठमाण्डौको सम्पुर्ण कामलाई दैनिकी रुपमा सम्पन्न गर्ने देखिन्छ ।
जुन माध्यमबाट लाखौ रकम बचत हुने देखिन्छ । हेटौडाको चौतर्फी विकाशमा सबै एक जुट हौँ ।