Header Ads


महजात्रा कार्यक्रमको तयारी अन्तिम चरणमा

हेटौंडा, ७ पुस/मानवसेवा आश्रम हेटौँडाको निर्माणधीन भवनलाई सहयोग गर्ने उद्देश्यका साथ हेटौंडामा आयोजना गर्न लागिएको महजात्रा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
बिहिबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै महजात्राको ९० प्रतिशत काम सम्पन्न भैसकेको जानकारी दिएको हो । आयोजकका अनुसार टिकट बिक्रिबाट नगद ८ लाख संकलन भैसकेको र ९ लाख रुपिँया दाताहरुसंग लिखित रुपमा सम्झौता भएको मूल आयोजक समितिका संयोजक पुरणबहादुर जोशीले जानकारी दिए । 
कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रहेको शालिमार सिमेण्टले ३ लाख ५० हजार र यती डेभलपमेन्ट बैँकले कार्यक्रमको लागि आवश्यक टिकट छपाई रकम उपलब्ध गराएको छ । कार्यक्रम सभ्य एवम् भब्य रुपमा सम्पन्न गर्नको लागि सबैको साथ सहयोगको आवश्यकता रहेको बताउँदै मूल आयोजक समितिका संयोजक जोशीले ५० लाख संकलन गर्ने लक्ष्य रहेको भएता पनि बिहिवार, शुक्रबार र कार्यक्रम हुने दिनमा टिकट बिक्रिबाट ३० लाख रुपिँया संकलन हुने अपेक्षा राखिएको जानकारी दिए । कार्यक्रम स्थलको मर्मत सम्भारका लागि सुपारेटार ब्यारेक नयाँ सबुज गणका नेपाली सेनाले सहयोग गरिरहेको, हेटौँडा उपमहानगरपालिकाबाट चौर सम्याउन डोजर र धुलो रोकथामका लागि पानीको सहयोग गरेको कोषाध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । 
कार्यक्रम अवधिभर शान्त र सौहार्द वातावरण बनाउनको लागि शुरक्षा व्यवस्थामा उचित ध्यान दिएको र सकेसम्म थोरै रकम खर्च गर्ने धेरै आम्दानी गर्ने लक्ष्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विभिन्न कारणले सडकपेटीमा आईपुगेका मानिसहरुको उद्धारको निमित्त १० हजारपत्रकार सम्मेलनमा संयोजक जोशी, कोषाध्यक्ष पौडेल, आश्रम संयोजक अधिकारी लगायत रुपिँया भन्दा बढी रकम प्रदान गर्ने दाताहरुको नाम शिलालेखमा राखिने आश्रमका संयोजक रामजी अधिकारीले जानकारी दिए । कार्यक्रमका मुख्य आकर्षण रहेका मह जोडी लगायतका कलाकार शुक्रबार हेटौँडा आईपुग्ने छन् । 
कार्यक्रममा सहभागिता जनाउने उच्च पदस्थ व्यक्तिदेखि सर्वसाधारण सबैले अनिवार्य टिकट लिनुपर्ने व्यवस्था गरिएको र सहजै भित्रबाहिर गर्न मिल्ले पासको व्यवस्था नभएको आयोजकले जानकारी दिएको
छ ।
Powered by Blogger.