Header Ads


हाइवे क्षेत्रमा बालश्रमको प्रयोग कायमै

हेटौंडा, ७ पौष/हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २८ र २९ मा पर्ने हाइवेमा सञ्चालित होटल तथा 
ग्यारेजहरुमा व्याप्त मात्रामा बालश्रमिकको प्रयोग रहेको पाइएको छ । 
बालश्रमको अवस्थाको बिषयमा बिहीबार भएको अनुगमनको क्रममा ११ बर्षसम्मका बालकलाई काममा लगाएको अवस्था भेटिएको हो । हेटौंडा–२९ सानान्टारस्थित आशिर्वाद एसी फूड होममा ११ देखि १६ बर्ष उमेर समूहका ४ जना बालकहरु भेटिएका हुन् भने दारिमटारमा रहेको अल राउण्डर वर्कसपमा १३ बर्षका १ जना बालक भेटिएका हुन् ।
आशिर्वादका रोजगारदाता अतिराज उप्रेती र अल राउण्डर वर्कसपमा रोजगारदाता उत्सव उप्रेतीले अबदेखि बालबालिकालाई काममा नलगाउने र हाल कार्यरत रहेका बालकहरुलाई तुरुन्तै उनीहरुको अभिभावकको जिम्मा लगाउने प्रतिबद्धता अनुगमन समितिसंग जनाएका छन् । यस्तै बसामाडीको प्रकाश होटल, बस्तीपुरमा रहेको फूलमाया होटल, दिव्यज्योति महाकाली भोजनालय र नेवारपानीको हिलटप होटलमा भने बाल श्रमिक नराखेको पाइएको छ । बसामाडी संयुक्त वडालाई यही पुष ११ गते निकृष्ट बालश्रममुक्त वडा घोषणा गर्ने कार्यक्रम रहेको छ । यसको लागि अनुगमन गरिएको हो । हेटौंडा उपमहानगरपालिका कार्यालयको हेटौंडा उपमहानगरलाई निकृष्ट बालश्रममुक्त नगर घोषणा गर्ने अभियानलाई प्लान इन्टरनेशनल नेपालको सहयोगमा बालकल्याण समाजले बालबालिकासंग सम्बन्धित विभिन्न सचेतनामुलक कार्यक्रम गरी सघाउ पु¥याइरहेको छ । आगामी असार मसान्तसम्ममा हेटौंडालाई बालश्रम मुक्त बनाउने गरी कार्य अघि बढाइएको बालकल्याण सामाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिए । 
अनुगमनमा श्रम कार्यालय हेटौंडाका भीम शर्मा, हेटौंडा उपमहानगरपालिका कार्यालयका भीम तिमल्सिना, महिला तथा बालबालिका कार्यालयका रबि हमाल, सिविन बालहेल्पलाइनका झविन्द्र ज्ञवाली, नेपाल प्रहरीका प्रतिनिधीलगायतको उपस्थिती रहेको थियो । 
Powered by Blogger.