Header Ads


नवोदयको खेलकुद सप्ताह शुरु

 हेटौंडा–४ स्थित नवोदय शिशु सदन माविको खेल सप्ताहको बिहिबार उद्घाटन गरिएको छ । 
विभिन्न खेलकुद गतिविधि केही दिन अघि नै सुरु भए पनि बिहीबार औपचारिक रुपमा उद्घाटन गरिएको 
हो । विद्यालयकी संस्थापक प्रिन्सीपल सकुन्तला जोशीको अध्यक्षता एवम् नेपाल एथलेटिक्स संघका केन्द्रीय कोषाध्यक्ष एवम् जिल्ला अध्यक्ष प्रभाकर पाण्डेको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो ।
उद्घाटन कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरका अध्यक्ष मदनकुमार दहाल, सचिव विनोद सुवेदी, हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशी, हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडाका पूर्व अध्यक्ष रामकृष्ण श्रेष्ठको पनि उपस्थिति रहेको थियो । हेटौंडा–५ क्याम्पाचौरमा भएको खेल सप्ताहको उद्घाटन समारोहमा विद्यार्थीहरुले मार्चपास गरेका थिए । 
४ कक्षादेखि ९ कक्षासम्मका २ सयभन्दा बढी विद्यार्थी खेलसप्ताहमा सहभागी छन् । विद्यार्थीबीच फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स खेल हुने बताइएको छ । 
Powered by Blogger.