Header Ads


हेटौंडा बचतको सप्ताहव्यापी कार्यक्रम शुरु

हेटौंडा–७ नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औँ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम विहीबारबाट शुरु भएको छ । 
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बिहिबार पहिलो दिन हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६, ७, ८, १६ र १८ मा घरदैलो कार्यक्रम सञ्चालन गरी २ सय ७ जना सदस्यहरु संस्थामा थप गरिएको छ । थप हुने नयाँ सदस्यहरुलाई एक हजार रुपिँया बरावरको १० कित्ता शेयर वितरण गरिएको थियो । संस्थामा हालसम्म नयाँ र पूराना शेयर सदस्य गरी २ हजार ९ सय ८९ जना शेयर सदस्य आवद्ध भएका छन् । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज शुक्रबार हेटौँडा ७ र ८ मा सरसफाई कार्यक्रम गर्ने भएको छ । हेटौंडा–७ मा रहेको हरियाली टोलदेखि हेटौंडा–८ कमाने बज्रगुरु मेडिकल हलसम्मको सडक सरसफाई गरिने संस्थाका सञ्चार विभाग प्रमुख सुशील सुबेदीले जानकारी दिए । त्यसैगरि ९ गते बाल सम्मेलन तथा पीकनिक, १० गते वृहत खुला रक्तदान, ११ गते वृद्धाश्रममा सहयोग, १२ गते अन्तरक्रिया कार्यक्रम र १३ गते संचालक समिति र शेयर सदस्यबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सहित संस्थाको भवनमा दीपावलीको आयोजना गरी समापन 
गरिने सुबेदीले जानकारी दिए ।
Powered by Blogger.