Header Ads


‘साहाराको उत्पादन रोक्नुप¥यो’

हेटौंडा, ७ पौष/उपभोक्ता हित संरक्षण मञ्च नेपाल मकवापनुरले केही समयअघि मात्रै मकवानपुरमा सरुवा भै आएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीलाई पछिल्लो समय मकवानपुरमा देखिएका समस्याको बिषयमा जानकारी गराएको छ । 
बिहीबार ज्ञापनपत्र बुझाउँदै मञ्चले साहारा ग्यास ‘बम’ को रुपमा परिणत हुँदै गएकोले यसको सत्यतथ्य छानबीन गर्नुपर्ने माग गरेको छ । पछिल्लो समय साहारा ग्यास बिष्फोटबाट भएका क्षतिका सम्पूर्ण क्षतिपूर्ती उद्योगले उपलब्ध गराउनुपर्ने, साहारा ग्यासको सिलिण्डरको गुणस्तर तत्काल परीक्षण गराई परीक्षण रिपोर्ट नआउञ्जेलसम्म उद्योगको उत्पादन बन्द गर्नुपर्ने, क्रसर उद्योगको लापरबाहीको सन्दर्भमा छानबीन गर्न गठित उपसमितिको प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ । यस्तै शिवम् सिमेण्टले आफ्नै खानीको चुन ढुङ्गाबाट उत्पादित सिमेण्ट भनेपनि भारतीय सस्तो क्लिङ्कर ल्याएर उत्पादन गरिहेको सिमेण्ट महङ्गोमा वितरण गरिरहेकोले यस तर्फ ध्यान दिन अनुरोध गरिएको छ । 
गैर कानुनी रुपमा सञ्चालित उद्योग, व्यापार व्यवसायलाई कानुनी दायरामा ल्याउन बजार अनुगमनलाई प्रभावकारी ढंगबाट अघि बढाउनुपर्ने, मकवानपुरमा विना दर्ता ट्यूसन तथा कोचिङ सेन्टर, भाषा सिकाई केन्द्र, लोकसेवा तयारी कक्षा, मण्टेश्वरी जस्ता सञ्चालन भैरहेकोले यस्ता संस्थालाई कारबाही प्रक्रिया अघि बढाउनुपर्ने, मकवानपुरमा सञ्चालनमा रहेका विभिन्न स्वास्थ्य केन्द्र, फार्मेसी, ल्याब तथा क्लिनिकहरुमा कार्यरत रहेकाहरुको योग्यता र चिकित्सकहरुको विशेषज्ञताको बारेमा छानबीन गर्नुपर्ने माग गरिएको छ । मञ्चका केन्द्रीय उपसचिव अजय अधिकारी र जिल्ला संयोजक बासु खतिवडाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । 
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दुवाडीले पत्रमा उल्लेख भएका बिषयमा अध्ययन गरेपछि मात्र ठोस धारणा बनाउने बताए । 
Powered by Blogger.