Header Ads


आधुनिकमा काँग्रेस माओवादीको प्यानल विजयी

हेटौंडा, ९ पुस/आधुनिक राष्ट्रिय उच्च माविको नयाँ व्यवस्थापन समितिको लागि भएको चुनावमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानल विजयी भएको छ । 
४ जना सदस्यको लागि १० जनाको उम्मेदवारी परेकोमा सञ्जिव श्रेष्ठ (२२२ मत), गोरिमाया लामा (२१९ मत), जंगबहादुर विश्वकर्मा (चित्तबहादुर) (२१४ मत) र शान्तिकुमारी उपाध्याय (२०५ मत) विजयी भए । काँग्रेस, माओवादीको गठबन्धनलाई राप्रपालगायतको दलले समेत समर्थन गरेको
थियो । लक्ष्मी गौतम (१६८ मत), नरहरि महत (१५७ मत), रमेश कोइराला (१५३ मत), उर्मिला नेपाल (१५० मत) र रमेशप्रसाद न्यौपाने (१० मत) पराजित भए । जम्मा ४ सय ११ मत खसेकोमा २० भोट बदर भएको थियो । ३ बर्षीय कार्यकालको लागि नयाँ कार्यसमिति चयन हुने क्रममा ४ जना सदस्यको लागि चुनाव भएको हो । विधान अनुसार २ महिला र २ पुरुष निर्वाचन प्रक्रिया अनुसार छनौट हुने १ महिला र १ पुरुष समितिले मनोनित गर्ने व्यवस्था रहेको छ । यस्तै प्रधानाध्यापक सदस्य सचिव रहने र एकजना शिक्षक प्रतिनिधि रहने व्यवस्था छ । ८ जनाको समितिको निर्णयबाट अध्यक्ष चयन हुनेछन् । 
Powered by Blogger.