मोबाइलले हानेर ओखर फुटाइयो
हेटौंडा, ९ पुस/स्मार्टफोनका प्रयोगकर्ताहरुलाई ध्यान दिंदै नेपाली बजारमा लिएगो ब्राण्डको नयाँ स्मार्टफोन भित्रिएको छ ।
मकवानपुरका लागि आधिकारीक बिक्रेता रहेको एबी ग्रुपले शनिबार हेटौँडाका मोबाइल बिक्रेताहरु माझ लिएगो ब्राण्डको मोबाइल फोन सार्वजनिक गरेको
हो । चाइनीज कम्पनी लिएगोले बजारमा ल्याएको यो मोबाइल ५ हजार ७ सय देखि ४९ हजार ९ सय ९९ रुपियाँसम्मको रहेको जानकारी दिइएको छ ।
हो । चाइनीज कम्पनी लिएगोले बजारमा ल्याएको यो मोबाइल ५ हजार ७ सय देखि ४९ हजार ९ सय ९९ रुपियाँसम्मको रहेको जानकारी दिइएको छ ।
बारफोन प्रयोग गरेर दिक्क भएकाहरुको लागि यो फोन सस्तो बलियो र भरपर्दो रहेको एबी ग्रुपका सञ्चालक श्याम अधिकारीले जानकारी दिए । एबी ग्रुपकै सञ्चालक बिनय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मोबाइल एशोसिएसन मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपालका लागि लिएगो मोबाइलको बजार व्यवस्थापक भूषण कनौजीयाले कार्यक्रममा मोबाइलको विशेषताको बारेमा जानकारी दिंदै यो मोबाइल नेपालीहरुको लागि सुहाउँदै भएको बताए । सामान्य रुपमा अरु मोबाइल झर्ने बित्तिकै फुट्ने तथा अन्य समस्या आउने गरेको बताउँदै उनले यसमा त्यस्तो समस्या नरहने दावी गरे ।
प्रमुख अतिथि आचार्यले मोबाइलले ओखर फुटाएर देखाएका थिए । लिएगो कम्पनीले बजारमा १० वटा बिभिन्न स्वरुपका मोबाइल फोन बजारमा ल्याएको छ । कार्यक्रममा लिएगो मोबाईलका एसीया सेल्स म्यानेजर लियो विहाङ, मोवाईल एशोसिएसन मकवानपुरका अध्यक्ष अकुर गौतम लगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुरको लागि आधिकारिक विक्रेता एबी ग्रुपका सञ्चालक श्याम अधिकारीले हेटौंडा ४ स्कुलरोडमा क्यानभास ट्रेडर्स समेत सञ्चालन गर्दै आएका छन् ।

