Header Ads


विवाह भोजको खर्च मामाघरलाई

हेटौंडा,२८ मंसिर/हेटौंडा–२९ नेवारपानीका श्रीकृष्ण अर्याल र समीक्षा गौतम दम्पतिले आफ्नो विवाह भोजको रकमबाट मामाघर नेपाललाई जिन्सी सहयोग गरेका छन् । 
मंगलबार एक कार्यक्रमकाबीच नवविवाहित दम्पतिले मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई खद्यान्न तथा स्टेशनरी सामान हस्तान्तरण गरेका हुन् । मामाघर नेपालमा आश्रित भान्जाहरुको संरक्षणमा सहयोग गर्ने उदेश्यले कापी, कलम, दाल चामल, चिनी, बिस्कुट लगायतका दैनिक उपभोग्य सामान हस्तान्तरण गरिएको अर्यालले बताए । बिहेपश्चात भोजको नाममा लाखौं रुपियाँ खर्च गर्ने परिपाटीलाई तोड्दै मानवीय सेवामा उक्त रकम खर्च गरेको उनले बताए । ‘बिहे भोजको नाममा लाखौं खर्च गरिन्छ, त्यो बेकार हो भन्ने लागेर मैले भोज गर्ने पैसाले मानवीय सेवा गरेको हुँ’ उनले भने ।  आगामी दिनमा पनि यस्ता फजुल खर्च कटाएर असहाय मानिसको सेवा गर्ने पनि उनले प्रतिवद्दता जनाए । मामाघर नेपालमा हाल १८ जना असहाय बालबालिका आश्रित छन् । मामाघरले ५ वर्षअघिदेखि सडक बालबालिकालाई भरणपोषण, आवास र शिक्षा प्रदान गर्दै सामाजिकीकरण गराउने अभियान चलाइरहेको छ ।
Powered by Blogger.