झरनाको २०९ औँ साहित्य शृङ्खला
हेटौँडा, २८ मंसिर/झरना साहित्यिक परिवार मकवानपुरले मंगलबार २०९ औं साहित्य शृङ्खला आयोजना गरेको छ ।
शृङ्खलामा मकवानपुरे साहित्यकारहरु यश लामा, यमनदेव उत्प्रेरक, चिरञ्जीवी लामिछाने, अनिता न्यौपाने, डिबी बर्तौला, मेनु तिमल्सिना, खुसी बानियाँलगायत डेढ दर्जन रचना प्रस्तुत गरेको झरना साहित्यिक परिवार मकवानपुरका सचिव चिरञ्जीवी लामिछानेले बताए ।
झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तुलसी थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कवि तथा गीतकार तुलसी घिमिरे, हाम्रो मातृभूमिका देवराज खरेल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष गणेशकुमार पौडेल, उपाध्यक्ष राजकुमार लामिछाने, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, मामाघर नेपालका संरक्षक अर्पण पराजुली लगायतको आतिथ्यता रहेको थियो ।

