Header Ads


साढे ३३ लाखको अवैध सुनसहित भारतीय पक्राउ

हेटौंडा, २२ मंसिर/मकवानपुर प्रहरीले करिब साढे ३३ लाख मूल्य बराबरको अवैध सुनसहित एक भारतीयलाई पक्राउ गरेको छ । 
मंगलबार राती अन्दाजी १० बजेको समयमा पूर्वपश्चिम राजमार्गस्थित हेटौंडा–१७ मा रहेको प्रहरी चेकपोष्टबाट भारतीय नागरिक पक्राउ परेका हुन् । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लू बी ४३०८३२ नम्बरको भारतीय बसमा यात्रारत भारत कलकत्ता घाटल पश्चिम बेदनापुर बस्ने २६ बर्षका अमित समान्त ७ सय ११ ग्राम ३ सय १० मिलिग्राम सुनसहित पक्राउ परेका हुन् । उनलाई विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । उक्त सुनको बजार मूल्य बुधबार ३३ लाख ३५ हजार ७ सय ५९ रुपियाँ 
रहेको उनले बताए । अवैध सुनसहित पक्राउ परेका समान्तलाई आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
Powered by Blogger.