Header Ads


पदमपोखरी बालश्रममुक्त घोषणा गरिने

हेटौंडा, २ पुस/हेटौंडा उपमहानगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गर्ने अभियान अन्तर्गत यहि पुष ६ गते पदमपोखरी बालश्रममुक्त हुने भएको छ ।
शनिबार भएको स्थानीयको भेलाबाट पदमपोखरीलाई बालश्रममुक्त बनाउनको लागि बालश्रम बिरुद्ध स्थानीय सरोकार एवम् सहयोग समिति गठन गरी कार्य योजना समेत तयार पारिएको छ । समितिको संयोजकमा सिताराम पाख्रिन तथा सदस्यहरुमा लक्ष्मीमाया मुक्तान, रबिन्द्र थापा, सूर्य रुम्बा, बेलीमाया परियार, बुद्धिमाया मुक्तान, सरिता अर्याल, शान्ति घलान, तिलक बि.क., राजनकुमार मैनाली, गंगा मैनाली, गंगा चौलागाई लगायत रहेका छन् । समितिको निर्णय अनुसार निकृष्ट बालश्रममुक्त वडा घोषणा गर्नुअघि समुदाय र विद्यालयमा सचेतनामुलक कार्यक्रम, हाते पर्चा 
वितरण, प्रचारप्रसार, होर्डिङ बोर्डको स्थापना, बालश्रम रुपान्तरणका लागि छात्रबृत्ति, संयुक्त अनुगमन लगायतका कार्य प्लान ईन्टरनेशनलको सहयोगमा हेटौडा उपमहानगरपालिका र बाल कल्याण समाजले गरिसकेको बालकल्याणका कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकामा प्लान इन्टरनेशनलको सहयोगमा बाल कल्याण समाजले सन् २००८ देखि बालश्रम अन्त्यका लागि निकृष्ट बालश्रम न्युनीकरण परियोजना होप संचालन गरिरहेको छ । 
Powered by Blogger.