युवा संघद्वारा निकेतनलाई सहयोग
हेटौँडा, २ पौष/नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल मकवानपुर ४ नं वडा कमिटीले चुरियामाईमा रहेको दिव्य सेवा निकेतनलाई नगद ३० हजार रुपैयाँ सहयोग गरेको छ ।
शनिबार एक कार्यक्रमबीच युवा संघ नेपाल ४ नं वडा कमिटीका अध्यक्ष निरजसिंह ठकुरीको संयोजकत्वमा निकेतनलाई नगद सहयोग गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं पूर्व सांसद केदारप्रसाद न्यौपानेले ज्येष्ठ नागरिकको हकहित र संरक्षणमा रहेको निकेतनलाई पाठशाला र शिक्षालयको रुपमा पनि विकास गर्नुपर्ने बताए । बृद्धबद्धाहरुलाई माया र सद्भावको खाँचो पर्ने भएकोले नयाँ पिडिहरुलाई आÇनो आमाबुबालाई यस्ता बृद्धाश्रममा आउन बाध्य नबनाउन उनले आग्रह गरेँ । युवा संघ नेपाल ४ नं वडा कमिटिका अध्यक्ष निरजसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा दिव्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौला, हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष सुनिल मोक्तान, युवा परिषद मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईँ, मनहरी युवा क्लबका अध्यक्ष सगुन स्याङतान, कर्रा नेटवर्कका संयोजक सानु लामा, गोर्खा ब्वाइज क्लबका संस्थापक अध्यक्ष अमिर गुरुङ, युवा व्यवसायीहरु सन्तकुमार दोङ, विकास राना, नरेन्द्र भण्डारी, एफसी श्रमिकका अध्यक्ष अरब देउला लगायतको आतिथ्यता रहेको थियो ।

