Header Ads


पिप्लेमा बानियाँको नेतृत्व

हेटौंडा, २ पुस/हेटौंडा–५ मा रहेको पिप्ले यूथ क्लबको अध्यक्षमा युवा व्यवसायी राजेश बानियाँ चयन भएका छन् ।
शनिबार रुद्रेश्वर मन्दिरमा भएको भेलाले बानियाँको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा भरत सैजु, सचिवमा दिपेन्द्र ढकाल, सहसचिवमा सुदिपसिंह ठकुरी, कोषाध्यक्षमा सुविन घिमिरे र सदस्यमा भुपेन्द्र चौलागाई, विवेक अर्याल, रवि थापा, रणबहादुर खनाल, लालकिरण ढुंगेल र अनुज कार्की रहेका छन् । मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको भेलामा समिति प्रमुख राजन दाहाल खुशराज, समाजसेवी पूर्णबहादुर खनाल, साहित्यकार देवराज खरेल, हेटौडा जेसीजका अध्यक्ष धर्म बानियाँलगायतको आतिथ्यता रहेको थियो । भेला क्लबका अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा भएको हो । 
Powered by Blogger.