Header Ads


चिल्ड्रेनपार्कमा सुविधासम्पन्न पुस्तकालय बन्ने

हेटौंडा, ४ पुस÷हेटौंडा–४ स्थित चिल्डे«न पार्कमा करिब ४५ लाख रुपियाँ बराबरको सुविधासम्पन्न पुस्तकालय बन्ने भएको छ । 
करिब एक बर्षअघिसम्म लागूऔषध सेवनकर्ताहरुको अखडाको रुपमा रहेको पार्कमा अवस्थित भवनमा नेपाल जर्नी संस्थाका अध्यक्ष मौसमी श्रेष्ठको सहयोगमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले सुविधा सम्पन्न पुस्तकालय निर्माण कार्य सुरु गरेको हो । करिब एक महिना अघिबाट निर्माण कार्य सुरु गरिएको पुस्तकालयमा हालसम्म साढे ४ लाख रुपियाँ बराबर खर्च भएको र आगामी मार्च महिनासम्ममा पुस्तकालय निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका विजयराज सिग्लेलले जानकारी दिए ।
‘अहिले पनि तल्लो तल्लामा इ–लाइब्रेरी सञ्चालन भइरहेको स्थिति छ । दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म बालबालिकाहरुको भीड लाग्ने गरेको छ’, पुस्तकालयको बिषयमा जानकारी दि“ंदै सिग्देलले भने, ‘बालबालिका मात्र नभई सबै उमेर समूहका मानिसको उपस्थिति रहोस् भन्ने हाम्रो चाहना हो, त्यसैलाई मध्यनजर गर्दैै सुविधासम्पन्न, सुन्दर, व्यवस्थित, बालमैत्री एवम् अपाङ्गमैत्री लाइब्रेरी बनाउन सुरु गरेका हौं ।’ केन्द्रले करिब ९ महिना अघि देखि चिल्डे«न पार्कको रेखदेख एवम् त्यसलाई राम्रो बनाउने काम गर्दै आएको छ । यस्तै केन्द्रका रेवती दिदीले ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले जिम्मा लिएर बनाउँदै आएको पार्कहरु कुनै व्यक्तिको नभई आम मकवानपुरबासीको भएको तर्क गर्दै यस अभियानमा सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताइन् । लामो समय बन्द अवस्थामा रहेको पुष्पलाल पार्कलाई समेत केन्द्रले निकै राम्रो बनाएको छ ।केन्द्रका बिष्णु दिदीले मनहरीको देवकोट सामुदायिक वन उपभोक्ता समूह र जिल्ला वन कार्यालय मकवानपुरले केन्द्रको नाममा १० विगाहा क्षेत्रफलको जग्गा उपलब्ध गराएको र उक्त स्थानमा आमाघर प्रोजेक्ट सुरु गरिएको जानकारी दिइन् । 
Powered by Blogger.