हक्कीमा मकवानपुरबाट ८ जना छनौट
हेटौंडा, ४ पुस/सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मकवानपुरबाट हक्की खेल तर्फका ८ जना खेलाडी सहभागी हुने भएका छन् ।
पूर्वाञ्चलमा यही पुस ८ गते देखि हुने प्रतियोगिताको लागि जनकपुरमा भएको क्षेत्रीय छनौटबाट मकवानपुरका ८ जना खेलाडी छनौट भएका हुन् । महिला तर्फ निकिता बस्नेत, बिन्दा बल तामाङ, सवी तामाङ र कविता सिन्तान छन् भने पुरुष तर्फ गोविन्द अधिकारी, अंकित पाठक, कुमार भट्टराई र भुवन थापा रहेको मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल
खुसराजले जानकारी दिए । सातौं राष्ट्रिय खेलकुदमा मकवानपुरबाट फुलकन्ट्याक्ट कराते, उसु, कराते, तेक्वान्दो, हक्की, व्याडमिन्टन, फुटबल, क्रिकेट सहित आठ खेलबाट २६ जना खेलाडीले भाग लिने पक्कापक्की भएको छ ।

