हेटौंडामा ‘नो कम्प्रोमाइज’
हेटौंडा, ४ पुस/सोमबार बिहानैदेखि हेटौंडाको चोक र अस्पताल अगाडि ठूलो–ठूलो अक्षरमा ‘नो कम्प्रोमाइज’ लेखिएका प्लेकार्डमा हातमा लिएका मानिसहरु देखिए ।
‘सम्झौता हुँदैन’ भन्दै यसरी सडकमा प्लेकार्ड लिएर बस्नेहरु को होलान् भनेर मानिसहरु छेउछाउ पुगेर कौतुहलता देखाइरहेका थिए । प्लेकार्डमा भिन्न–भिन्न सन्देश प्रवाह गर्ने कुन संस्था हो भन्ने नाम कहि“कतै लेखिएको थिएन । प्लेकार्डमा लेखिएका सन्देशहरु कुनै माग राख्ने खालका थिएनन् । ‘सडक अनुशासनको मामिलामा नो कम्प्रोमाइज’, ‘स्वास्थ्यको मामिलामा नो कम्प्रोमाइज’, ‘बचतको मामिलामा नो कम्प्रोमाइज’ का सन्देशहरु थिए प्लेकार्डमा । हेटौंडाको बुद्धचोक, सीमाचोक, राप्तीरोडलगायतका स्थानमा उस्तै किसिमका प्लेकार्ड बोकेका मानिसहरु उभिएका थिए । हामीले प्लेकार्ड बोक्नेहरुलाई सोध्यौं–केको बिरोध हो यो ? तर, उनीहरुले पनि अनविज्ञता देखाए । ‘खै हामीले त ज्याला लिएर दिनभर सडकमा उभिएका हौं, कसले, किन यस्तो प्रदर्शन गर्न लागेको हो थाहा भएन,’ उनीहरुले भने । हेटौंडाको सीमाचोकमा प्लेकार्ड लिएर उभिएका एक पुरुषले चाहिँ यो विज्ञापन हुनसक्ने बताए ।
आखिर कसले गरेको होला त यस्तो अनौठो विज्ञापन जहाँ विज्ञापन गर्ने प्रोडक्ट वा संस्थाको कुनै नाम निसाना समेत छैन । देख्ने जति सबै अचम्मित भैरहेका थिए ।

