Header Ads


हेटौंडा सिमेण्ट देशको भविष्य : मन्त्री जोशी

हेटौंडा,२६ मंसिर/उद्योग मन्त्री नवीन्द्रराज जोशीले हेटौंडा सिमेण्ट उद्योग लिमिटेडलाई एउटा उद्योग मात्र नभई देशको भविष्यको रुपमा बुझ्न कार्यरत कर्मचारीहरुलाई अनुरोध गरेका छन् ।
हेटौंडा सिमेण्ट उद्योगको आइतबार भएको ३१ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस उद्योगको उत्पादन निजी क्षेत्रको भन्दा गुणात्मक र प्रभावकारी हुनुपर्ने सुझाव दिए । ‘तपाईं अनि देशको भविष्यको लागि यो उद्योग परीक्षामा छ’ मन्त्री जोशीले भने, ‘हामीले यहाँका कर्मचारी र आम मकवानपुरबासीबाट समेत कागजी मात्र नभै भित्री मन देखि उद्योगको हितमा काम गर्ने प्रतिबद्धता चाहेका छौं ।’ 
सरकारी उद्योग त हो नी भन्ने मानसिकता नबनाउन अनुरोध गर्दै उनले आफ्नै सम्पति ठानेर काम गर्नका लागि कर्मचारीहरुलाई अनुरोध गरे । ‘के कारणले सरकारी उद्योगले निजीस“ग प्रतिस्पर्धा गर्न सकिरहेको छैन ? यस बिषयमा चिन्तन गर्नु आवश्यक छ’, मन्त्री जोशीले थपे, ‘यस उद्योगको उत्पादन अझै राम्रो बनाउनुप¥यो । हाम्रो क्षमता अनुसार काम भएको छ कि छैन यस बिषयमा सबैले ध्यान दिनुप¥यो ।’ 
वर्तमान सरकार विदेशमा रहेका युवाहरुलाई १० बर्षभित्रमा नेपाल फर्काएर रोजगारी दिने उद्देश्यका साथ अघि बढिरहेको जानकारी दिँदै उनले यसको लागि सबैको सहयोग आवश्यक रहेको बताए । बन्द भएको उद्योग खोल्ने सरकारको नीति अनुसार हेटौंडाको कपडा उद्योग र वीरगञ्ज चिनी काराखाना लगायतका उद्योग सञ्चालनको तयारी सरकारले गरिरहेको उनले जानकारी दिए । 
यस्तै हेटौंडा उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले उद्योगमा नियमित विद्युत्को व्यवस्था भएमा उत्पादन बढाउन सकिने जानकारी दिए । ‘नियमित विद्युत् आपूर्ति नहुँदा हामीले नियमित उत्पादन गर्न सकेका छैनौं’, उनले भने, ‘हेटौंडा सिमेण्ट उद्योगमा नियमित विद्युत् आउने व्यवस्था मिलाइदिनको लागि मन्त्रीज्यूस“ग 
अनुरोध गर्न चाहन्छु ।’ नेपालका सबै सिमेण्ट उद्योगको भन्दा हेटौंडा सिमेण्टको उत्पादन गुणस्तरीय भएको जानकारी दिंदै उनले बजारमा कुनै समस्या नरहेको बताए । यस्तै उद्योगका नायव महाप्रबन्धक मुकुन्दराज बानियाँले बोलपत्र आव्हानबाट सामान आपूर्ति गर्दा सामान ल्याउनका लागि कम्तीमा ३ महिना लाग्ने समस्या रहेको भन्दै यसलाई घटाउनुपर्ने माग गरे । 
कार्यक्रम उद्योगका अध्यक्ष रघुरमण न्यौपानेको अध्यक्षतामा भएको हो । अध्यक्ष न्यौपानेले हेटौंडा सिमेण्ट उद्योग मकवानपुरबासी मात्र नभै आम नेपालीकै शान भएको बताउँदै जिम्मेवार भएर काम गर्नका लागि सबै कर्मचारीलाई अनुरोध गरे । वि.सं २०३३ असोज १३ गतेदेखि निर्माण सुरु भएको उद्योगले २०४६ मंसिर २४ गतेबाट उत्पादन सुरु गरेको थियो । उद्योग एकसय ४० बिगाहा क्षेत्रफलमा फैलिएको छ । 

Powered by Blogger.