Header Ads


महायज्ञमा ३७ लाख संकलन

हेटौंडा,२६ मंसिर/ हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तोरोन्नतिका लागि भइरहेको सप्ताह ज्ञान महायज्ञमा आइतबारसम्ममा ३७ लाख १६ हजार १ सय ९२ रुपिया“ सहयोग संकलन भएको छ । 
महायज्ञमा आइतबारमात्रै १० लाख ६३ हजार २ सय १२ रुपैँया संकलन भएको छ । महायज्ञमा आइतबार हेटौँडा–१९ का जयराम कार्कीबाट १ लाख ७१ हजार १ सय ११, हेटौँडा–१९ का बलराम थापाबाट १ लाख ११ हजार १ सय ११, हेटौँडा–१९ का राजकुमार÷पार्वती बास्तोलाबाट २५ हजार ५ सय २५ रुपैँया, हेटौँडा–२१ का महेश ढकालबाट १० हजार १ सय ५, काठमाण्डौं महिनमोहन श्रेष्ठबाट १० हजार १ सय ५५, हेटौँडा–१९ का अमृत दुलालबाट १० हजार १ सय ५५, हेटौँडा–१९ का गोविन्द÷सावित्रि दुलालबाट ११ हजार ३ सय ५, हेटौँडा–१९ का कुमार सिं खड्काबाट ११ हजार ५ सय ७५ रुपिया सहयोग प्राप्त भएको छ ।
यस्तै, नेपाली काँग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्यालबाट १० हजार १, हेटौँडा–२५ का रामबाबु बानियाँबाट ११ हजार ५ सय ५५, हेटौँडा–१९ का उद्वव बास्तोलाबाट ११ हजार १ सय ११, हेटौंडा–१९ स्थित चिसापानी बचत तथा ऋण सहकारीबाट १५ हजार १, हेटौंडा–१९ का उदयनारायण दंगालबाट १० हजार १ सय २० सहयोग प्राप्त भएको प्रचारप्रसार समिति सदस्य घमराज तिमल्सिनाले बताए ।
यस्तै, हेटौँडा–२१ का रामहरी पौडेलबाट १० हजार १ सय ६५, हेटौँडा–१९ का पार्वती लामिछानेबाट ११ हजार १ सय ११, हेटौँडा–१ का यदुनाथ ढुंगानाबाट ११ हजार १ सय ५, हेटौँडा–१९ का देवकुमार घिमिरेबाट १० हजार ५५, हेटौँडा–२० स्थित चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाबाट १० हजार ५, हेटौँडा–१९ का सरला अधिकारीबाट ११ हजार १ सय ११, हेटौँडा–१९ का रोशन सिल्वालबाट १६ हजार ५ सय रुपैँया सहयोग गरेका छन् । महायज्ञमा सिक्का तुलादानतर्फ हेटौँडा–१९ का गोमादेवी खतिवडाबाट १५ हजार ५ सय ६५, हेटौँडा–२१ का टिकादेवी अर्यालबाट १२ हजार २ सय १०, हेटौँडा–२१ का शारदादेवी मिश्रबाट १४ हजार ८०, हेटौँडा–१९ का सोममाया रानाबाट ११ हजार ३ सय ३० ले तुलादान गरेका छन् ।
धार्मिक पर्यटन पर्वधनका लागि पूर्वाधार विकास लागि ५० लाख रुपैँया सहयोग जुटाउने उद्देश्यले मंसिर २८ गतेसम्म संचालन हुने धान्याञ्चल महायज्ञमा प्रखर युवा पण्डित गणेश उपमण्यु ढकालले कथा वाचन गरिरहेका छन् । 
महायज्ञ अन्तरगत पितृको सम्झनामा तस्विर राख्ने, सामुहिक व्रतबन्ध, पञ्चमी थन्क्याउने, सिक्का र धानमार्फत तुलादान गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
Powered by Blogger.