Header Ads


फेरिपनि बाल हठ ?

मधुसुदन अधिकारी

मुलुकको राजनीतिक अस्थिरतालाई अन्त गर्ने पुनःनिर्माणको गतिलाई तिब्र पार्ने, संविधान कार्यान्वयनमा जोड दिने, भुकम्प पीडितलाई चाडोभन्दा चाडो राहत वितरण गर्ने, भत्किएका एतिहासिक धरोहरहरुलाई तत्काल निर्माण र संरक्षण गर्ने, शान्ति तथा मेलमिलाप आयोगको काम कार्वाहीलाई प्रभावकारी बनाउन निर्देश गर्ने, छिमेकी राष्ट्रसँगको सम्बन्ध सुमधुर बनाउने, महङ्गी, भ्रष्टाचार, कालोबजारी नियन्त्रण गर्ने, द्रुतमार्ग निर्माण गर्ने दीर्घकालिन योजना बनाउने र देशलाई लोडसेडिङ मुक्त गर्ने, कर्णलीको जनतालाई खद्यान्न बाड्ने, विकासका कार्यक्रम नै कार्यक्रम ल्याईदिने, मधेसी नेताहरुलाई काखी च्यापेर भनेजति अधिकार दिने, मागेजति क्षेत्र मधेसीलाई दिने, संविधान संसोधन गरेर वर्तमान संविधान लाई खोपीको देउता बनाउने जुन सबैले पुजा गरुन, यी सबै काम गर्न ओली सरकार असक्षम, असफल भएको, म मात्रै त्यस्तो व्यक्ति हुँ जसले जादुगर शैलिमा सब समस्य चट् पार्न सक्छु भन्दै कुम हल्लाउँदै, नेपाली काँग्रसको माखे जालोमा परेका, काँग्रसी मन्त्रतन्त्रले भाव बिभोर हुँदै अगाडि जो पर्छ र जे माग्छ त्यो सबै पूरा गर्ने आस्वासन बाड्दै उफ्रेर प्रधानमन्त्री बन्नु भएका नेकपा माओवादी केन्द्रका निर्विकल्प अध्यक्ष, वर्तमान, प्रधान मन्त्री पुस्पकमल दाहाल चिर निन्द्रामा बरवराउन थाल्नु भएको जस्तो आम नेपाली जनताले महशुष गर्न थालेका छन् । के.पि. ओलिको सरलकारले छिमेकी सँगको सम्बन्ध स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियतमा उभ्याउँदा, उत्तरि छिमेकी सँग व्यापार तथा पारवहन सन्धिसम्झौताका कार्वाही अगाडि बढाउँदा, दिर्घकालिन गुरु योजनाका विषयमा दुइपक्षिय वार्ता अगाडि बढाउँदा, भू–परिवेष्ठित राष्ट्र पाउने पारवहन अधिकारको विषय अन्तराष्ट्रिय क्षेत्रमा उठाएर पाउनुपर्ने अधिकार पाउनु प¥यो भनेर विश्वसामु आफ्ना भनाइ स्वतन्त्र राष्ट्रको हैसियतले उठाउँदा पेट्रोलियम पाइपलाइन र बैकल्पिक योजना अगाडि ल्याउँदा, यो देशको विकासमा सार्वभौम राष्ट्रको हैसियतबाट हातेमालो गर्न भन्दा सकेसम्म आफ्नै स्रोत र साधनको सदुपयोग गरेर राष्ट्रनिर्माणमा लाग्ने नीतिलाई अवलम्वन गर्दा आमुलपरिवर्तनकारी, एकलक्रान्तिकारी, वर्तमान गठबन्धन सरकारर त्यसको नेतृत्वकर्ता वर्तमान माओवादी केन्द्रका अध्यक्ष वर्तमान प्रधानमन्त्रीलाई असैहय पीडावोध भएर नेपाली काँग्रेससँग अलाप विलाप गर्दै ओलिले त गर्ने काम जति सबै भ्याइदिने भए हामीले अब के गर्ने ? यस्तै गरेर हेरेरै मात्र बस्ने हो भने यो देश एमालेले एकलौटी पार्ने भो, के तराइ, के पहाड, हिमाल सर्वत्र ओलिकै मात्रै चर्चा परिचर्चा हुनथाल्यो तसर्थ जसरी भएपनि ओलीलाई सत्ताच्यूत गराउनु प¥यो भन्दै विलौना गरेकोदेखेर कोमल हृदयी देउवाको मन नपग्लने कुरै भएन र तानावाना बुनेर सरकार गिराउने खप्पिस काँग्रेसको सरणमा परेका प्रचण्डलाई सस्करण दिएर नेपाली काँग्रेसले नेकपामाओवादी केन्द्रलाई ठूलो गुण लगाएर प्रधानमन्त्रीको कुर्सिमा बसालिदियो प्रधानमन्त्री बनाइदियो । प्रधानमन्त्री बनेपछि सरकारले गर्ने काम मुलत संविधान कार्यान्वयन र त्यसको लागि विभिन्न कानुनको निर्माण गर्नु नै थियो तर वर्तमान गठबन्धनसरकार नीतिगत रुपमा अन्योल र अस्पष्ट, सम्बन्ध विस्तारमा संस्मरण गरेर भारत परस्त, आदेश विना अन्य बैकल्पिक राष्ट्रसँग सम्बन्ध विस्तारमा असफल रहनुका साथै भारतलाई खुसिपार्न संविधान संशोधनका कुरा उठाएर एमालेलाई तर्साउने प्रयत्न सफल नहुने देखेपछि बालघुर्कि सुरु गरेर माने मान नमाने पुरानै अडानमा फर्कन्छु भन्दै घुर्कि देखाउन पाएको प्रधानमन्त्रीको शैली देखेर नेपाली जनता अलमल्ल परेका छन् र भन्न थालेका छन् सधैँगरी घुर्कि मात्रै लगाएर देश चलाउने सोच राख्ने प्रधानमन्त्री, भारतलाई नसोधि आफ्नो खुट्टा पनि नउचल्ने उपप्रधानमन्त्री, नेपाल र नेपालीको हितभन्दा भारतको पक्षमा खुलेर वहसगर्ने मन्त्रीहरुबाट अब यो देश चल्न सक्दैन अनि मधेश र मधेसि जनताको समस्या समाधान हुन सक्दैन बरु कथित मधेसवादी नेता जसलाई राष्ट्र भन्दा छिमेकी राष्ट्र प्यारोछ , जसलाई नेपाली भन्दा छिमेकी देशका नागरिकको चिन्ता छ किनभने मधेसी नेताहरुको मामाघर, ससुराली घर अनि छोरीको घर र छोरीको ससुराली छिमेकीतिरै भएको कारणले देशवासी सर्वसाधारणको विषयभन्दा भारतिय हितका विषय बढि केन्द्रित हुने र प्रधानमन्त्री घुर्कि देखाउँदै बालहठ प्रस्तुत गर्ने के यो विडम्वना ने हैन त नेपालीहरुको ? 
Powered by Blogger.