क्यान महासंघ मकवानपुरमा प्रधानको नेतृत्व
हेटौंडा, १५ मंसिर/क्यान महासंघ मकवानपुरको अध्यक्षमा पवन प्रधान सर्वसम्मत चयन भएका छन् । क्यान महासंघ मकवानपुरको बुधबार हेटौंडामा भएको साधारणसभाले प्रधानलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष रहेका सन्तोष पाण्डे विदेशिएपछि रिक्त रहेको अध्यक्षमा प्रधानलाई चयन गरिएको क्यान मकवानपुरले जनाएको छ । ११ सदस्यीय क्यान मकवानपुरको उपाध्यक्षमा सरोज बज्राचार्य, महासचिव पुष्पराज पुडासैनी र कोषाध्यक्षमा रामकुमार अग्रवाल रहेका छन् । अध्यक्षमा चयन भएका प्रधानले संस्थागत हितमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

