Header Ads


युवा संघको प्रदर्शनः सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको बिरोधमा नेकपा एमाले निकटको युवा दस्ता युवा संघ नेपाल मकवानपुरले हेटौँडामा प्रदर्शन गरेको छ । संविधान संशोधनले देश टुक्रने भन्दै युवा संघले बिरोध स्वरुप प्रर्दशनको साथमा दर्ता गरिएको प्रस्ताव समेत जलाएको युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले बताए । हेटौंडाको सीमाचोकबाट सुरु भएको प्रर्दशन बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सरकारले दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए आन्दोलनलाई थप कडा पारिने युवा संघ मकवानपुर अध्यक्ष चौलागाईंले चेतावनी दिए । तस्विरः प्रदेश दैनिक
Powered by Blogger.