गायन तर्फका श्रेष्ठ बने हेटौंडा गट ट्यालेन्ट
हेटौंडा, १५ मंसिर/हेटौंडामा सञ्चालन भएको राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सवमा सञ्चालन भएको हेटौंडा गट ट्यालेण्टको उपाधी दीपेश श्रेष्ठले जितेका छन् ।
गायन तर्फ प्रथम भएका उनले हेटौंडा गट ट्यालेण्टको उपाधीसहित नगद ३० हजार रुपियाँ र ट्रफी प्राप्त गरेका छन् । नृत्य तर्फ प्रथम भएका आश्रिन लामालाई पछी पार्दै गायनका श्रेष्ठले उपाधी जितेका हुन् । गायन तर्फ सुसान्त शाह ठकुरी दोस्रो र स्वस्तिका ढकाल तेस्रो भए । यस्तै नृत्य तर्फ आश्रिन लामा प्रथम, कोब्रा गाइज द्वितीय र दिलु रीता श्रेष्ठ तृतीय भइन् । दुवै विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद ५, हजार ३ हजार र २ हजार रुपियाँसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
गायन तर्फ द्वितीय भएका गायन तर्फ सुसान्त शाह ठकुरीले अनुशासित प्रतिस्पर्धीको उपाधी समेत पाए । हेटौंडा गट ट्यालेण्ट प्रतियोगिता संयोजक विशाल घोषका अनुसार गायन तर्फ ३२ जना र नृत्य तर्फ २८ जनाले सहभागिता जनाएका थिए ।

