हा“डीखोलाको पशुपतिनाथ मावि ४२ औं बर्षमा
हेटौंडा, १५ मंसिर/मकवानपुरको हाँडीखोलामा रहेको पशुपतिनाथ मावि ४१ औं बर्षमा प्रवेश गरेको छ ।
स्थापना दिवसको अवसरमा बुधबार विद्यालयमा विशेष कार्यक्रम आयोजना भएको छ । कार्यक्रमका प्रमुख अतिथि सांसद् राजाराम स्याङ्तानले शिक्षा, स्वास्थ्य, यातायात, संचार, सिंचाई, विद्युतीकरण आदि विकासका पूर्वाधारलाई प्राथमिकीकरण गर्न जरुरी रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्षोत्तम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा गाउँ शिक्षा समितिका अध्यक्ष तथा गाविस सचिव राजु आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्ब अध्यक्ष रामहरि बिष्ट, सामुदायिक अध्ययन केन्द्र हाँडीखोलाका अध्यक्ष नरहरिनन्दन उप्रेती, विद्यालयका शिक्षक चेतप्रसाद पौडेललगायतले बोलेका थिए ।
