Header Ads


महोत्सवलाई ऐतिहाँसिक बनाउने उद्घोष

मनहरी, १५ मंसिर/यही माघ महिनामा हुन लागेको तेस्रो मनहरी महोत्सवलाई ऐतिहाँसिक बनाउनका लागि गृहकार्य भइरहेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले बताएका छन् । 
मनहरीमा तयारी पोशाक तथा कपडा व्यवसायी संघको चौथो साधारण सभामा बोल्दै उनले बिगतमा भएको दुईवटा मनहरी महोत्सवभन्दा पृथक ढंगले तेस्रो मनहरी महोत्सवलाई सञ्चालन गर्ने बताए ।  अध्यक्ष न्यौपानले भने–‘यसका लागि कुनै व्यक्ति वा पक्ष मात्रै तात्तेर हुँदै सिँगो मनहरीबासी नै तात्तिनुपर्छ ।’ सबैको साथ र सहयोगले मात्रै मनहरी महोत्सवलाई भब्य, सभ्य बनाउन सकिने धारणा राख्दै उनले आफूलाई जिल्लामा आफ्नै कार्य समितिका केही व्यक्तिहरुले असहयोग गरे पनि निरन्तर व्यवसायीको हीतमा लागिरहेकाले सकारात्मक काममा सबैको व्यवसायीको सहयोग पाइने आशा ब्यक्त गरे । काठमाडौँमा थुप्रै कूल घरानाद्वारा प्रवद्र्धित कम्पनीहरुमा मनहरी महोत्सवको प्रवद्र्धनका लागि आफूले कुरा गरेकाले छिट्टै महोत्सवका काम थाल्न उनले मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिलाई आग्रह गरे । कार्यक्रममा कपडा तथा तयारी पोशाक व्यवसायी संघ हेटौँडाका उपाध्यक्ष नवराज न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गोविन्द रिजाल, बिषयगत समितिहरुका तर्फबाट होटल एशोसिएसन मनहरीका अध्यक्ष गणेश मानन्धर, कपडा तथा तयारी पोशाक व्यवसायी संघका सल्लाहकार शंकर कालाखेती लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । संघका अध्यक्ष पशुपति बर्ताैलाको सभाध्यक्षतामा भएको हो ।
Powered by Blogger.