Header Ads


४१ औं राष्ट्रिय मेलमिलाप दिवसमा अन्तरक्रिया

हेटौंडा, १६ पुस/नेपाली काँग्रेस मकवानपुरले शनिवार ४१ औं राष्ट्रिय मेलमिलाप दिवसमा शनिबार अन्र्तक्रिया कार्यक्रम गरी मनाएको छ ।
नेपाली काँग्रेसका संस्थापक नेता विपी काईरालाले आठ बर्ष लामो भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आहवानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले यो दिवस मनाउने गर्दछन् । कार्यक्रममा कांग्रेस नेताहरुले विपीको विचारलाई अनुशरण गरि अघि बढ्न सकेमात्र दिवशको सार्थकता रहने बताएका छन् ।  नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख सल्लाहाकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, तारानाथ चौलागाई, लोकबहादुर मुक्तान, पवित्रा विश्वकर्मा, दामोदर सुवेदी, भीमबहादुर भोम्जन, केशवप्रसाद काÇले, रमेश गिरी, हरीप्रसाद पौडेल, श्याम सुवेदी, हरिश्चन्द्र सापकोटा, कुमार पौडेल लगायतकाले वीपी र गणेशमानलगायतले देश र जनताप्रति पु¥याएको योगदानको चर्चा गरेको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला, क्षेत्र, नगर र विभिन्न गाविसका नेता तथा कार्यकताहरुको उपस्थिति रहेको थियो ।

Powered by Blogger.