अटोमोबाइल्स एसोसिएनको साधारणसभा
हेटौंडा, १६ पुस÷हेटौंडा अटोमोबाइल्स एसोसिएनको १७ औँ वार्षिक साधारणसभा शनिबार भएको छ ।
एसोसिएनका अध्यक्ष असुदेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा हेटौंडा उपमहानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत शंकर उपाध्यायको प्रमुख आतिथ्यता रहेको
थियो ।
साधारणसभामा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागाईं, मकवानपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघका अध्यक्ष शम्भु ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभामा महासचिव ऋषिकुमार ढकालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामहरि बञ्जाराले आर्थिक प्रतिवेन प्रश्तुत गरेको कार्यक्रम संयोजक समेत रहेका एसोसिएनका बरिष्ठ उपाध्यक्ष सागर सापकोटाले जानकारी दिए । साधारणसभाकै अवसर पारेर एसोसिएनले हेटौंडा चौकीटोलमा रहेको ओम बृद्धाश्रमलाई नगद १० हजार रुपियाँ सहयोग गरेको थियो । कार्यक्रममा अटोमोबाइल्स एसोसिएसनका पूर्व अध्यक्षहरुलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीको आतिथ्यता रहेको थियो ।