Header Ads


वंशगोपाल उमाविको अभिभावक भेला


हेटौंडा, १५ पुस/हेटौंडा–६ चौघडामा रहेको वंशगोपाल उच्च माविको १३ औं अभिभावक भेला भएको छ ।

भेलामा उमाविका प्राचार्य रमेशप्रसाद लामिछानेले प्रगति प्रतिवेदन र सामाजिक लेखापरीक्षण समिति अध्यक्ष श्यामप्रसाद न्यौपानेले बार्षिक आयव्यय प्रस्तुत गरेका थिए । भेलामा विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरीय विकासको लागि योगदान पु¥याएको भन्दै पूर्वअध्यक्षत्रय त्रिविक्रम मानन्धर, साधुराम चौंलागाई र बालकृष्ण चौंलागाईलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
जिल्ला शिक्षा कार्यालय
मकवानपुरका विद्यालय निरीक्षक देवनारायण चौधरीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद चौंलागाईको अध्यतामा भएको भेलामा पूर्व विव्यस अध्यक्ष, नेपाली काँग्रेस वडा नं. ६ का सभापति रामहरि तिमल्सिना, नयाँ शक्ति नेपालका ६ नं. वडा संयोजक रामजी ढकाल, वडा नागरिक मञ्चका अध्यक्ष कृष्णप्रसाद सन्जेल, ६ नं. वडा सचिव केशवबहादुर बोहरा, रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बिष्णुप्रसाद न्यैपाने, प्रहरी चौकी चौघडा प्रमुख सन्तबहादुर कुमाल, क्याम्पस प्रमुख अर्जुनप्रसाद चौंलागाई, दाता शिवप्रसाद ओझालगायतको आतिथ्यता
रहेको थियो ।
भेलाले नयाँ व्यवस्थापन समिति चयन गरेको छ । नयाँ शिक्षा ऐन वमोजिम २ महिला र २ पुरुषगरी ४ जना सदस्य चयन गरेको छ । नयाँ सदस्यहरुमा रणबहादुर न्यौपाने, मुकुन्दप्रसाद अधिकारी, शर्मिला
राई र विमला ढुंगाना रहेका छन् ।
Powered by Blogger.