Header Ads


हेटौंडा जेसीज अध्यक्षमा दाहाल, डिसी र रिमालको उम्मेद्वारी

हेटौंडा, १६ पुस/हेटौंडा जेसीज वर्ष सन् २०१७ को नेतृत्व गर्नका लािग ३ जना आकांक्षी देखिएका
छन् । 
अध्यक्ष पदको लागि अरुणकुमार दाहाल, सन्देश डिसी र विज्ञान रिमालको उम्मेदवारी परेको छ । यस्तै २ जना कार्यकारिणी उपाध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । लिसेन बस्नेत, राजदेव बनिया“, सुधीर दाहाल, शिवकुमार कार्की र रविन श्रीवास्तवले कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी दिएको निर्वाचन आयुक्त दीपकराज मिश्रले जानकारी दिए । ४ उपाध्यक्ष भने सर्वसम्मत चयन भएको छ । उपाध्यक्ष पदको लागि श्रवणकुमार बर्तौला, विजय गोपाली, जीवन ढकाल र विश्वप्रसाद गौतमको मात्र उम्मेदवारी 
परेका कारण उनीहरु सर्वसम्मत भएका हुन् । उम्मेदवारहरुको तालिम र अन्तरवार्ता भएको जानकारी दिंदै बर्ष सन् २०१६ का अध्यक्ष धर्मराज बानियाँले ककस र भोटिङ बाँकी रहेको जानकारी दिए । 
आज शनिबार बिहान ९ बजेबाटै ककस सुरु गरिने र त्यस लगत्तै भोटिङ सुरु गरिने उनले बताए । शुक्रबार बिहान हेटौंडा जेसीजको ३९ औं बार्षिक साधारणसभाको उद्घाटनशत्र अध्यक्ष बानियाँको अध्यक्षतामा भएको हो । कार्यक्रममा पूर्व अध्यक्षहरु अशोक शाक्य, मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका कृष्ण कटवाल, कृष्णबहादुर कार्की, कविन सांगामी, पवनकुमार भगत, अञ्जनीकुमार पराजुली, जितेन्द्र कर्माचार्य, बासु न्यौपानेलगायतको आतिथ्यता रहेको थियो । साधारणसभाले कार्यकारिणि उपाध्यक्षद्वय अरुणकुमार दाहाल र विज्ञान रिमाल, महासचिव सन्देश डिसी र कोषाध्यक्ष रुपक दाहालको प्रतिवेदन पारित गरेको थियो ।

Powered by Blogger.