लेडी जेसीजको अध्यक्षमा रोक्का
हेटौंडा, १५ पुस/हेटौंडा लेडी जेसीजको बर्ष सन् २०१७ को अध्यक्षमा निशा रोक्का चयन भएकी छिन् ।
शनिबार भएको १९ औं बार्षिक साधारणसभाबाट रोक्का निर्विरोध अध्यक्षमा चयन भएकी हुन् । यस्तै कार्यकारिणि उपाध्यक्षमा कृपा थापा मगर र सृजना मानन्धर तथा उपाध्यक्षमा जुनु कार्की, कुसुम आले मगर, ऋतिका दाहाल र रोजिना बम्जन चयन भएको निर्वाचन आयुक्त राधिका श्रेष्ठले जानकारी दिइन् ।
लेडी जेसीज बर्ष सन् २०१६ का अध्यक्ष शोभा खरेलको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटनमा लेडी जेसीज संस्थापक अध्यक्ष नीरा गोर्खाली, पूर्व अध्यक्षहरु सुमित्रा श्रेष्ठ, रश्मी बस्नेत, अञ्जना उपाध्याय लगायतको आतिथ्यता रहेको थियो । अध्यक्षमा चयन भएकी रोक्काले जेसीजप्रति युवाहरुको आकर्षण बढाउने खालका गतिविधीलाई निरन्तरता दिने र पूर्व अध्यक्ष एवम् बोर्डका पदाधिकारीहरुसंगको सहकार्यमा प्लान अफ एक्सन बनाएर २०१७ का विभिन्न खालका सामाजिक एवम् नेतृत्व र व्यक्तित्व विकासको काम गर्ने बताइन् । जेसीज सामाजिक कार्यसंगै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा काम गर्ने संस्था भएकोले तालिमलगायतका कार्यक्रमलाई पनि विशेष योजनाकासाथ ल्याइने अध्यक्ष रोक्काले बताइन् ।

