Header Ads


खेलले स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने ः बानिया“

हेटौंडा, १ माघ/ मकवानपुरमा पहिलो पटक व्यवसायिक रुपमा फुटसल सञ्चालनमा आएको
 छ । 
स्थानीय युवा व्यवसायीहरुको सक्रियतामा हेटौंडा–४ स्थित भुवनसिंपथ कमलडाँडामा निर्माण भएको फुटसल मैदानको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री इन्द्रबहादुर बानियाँले शनिबार उद्घाटन गरेका थिए । फुटसल मैदानको उद्घाटन गर्दै मन्त्री बानियाँले फुटसल मैदानले खेल र स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने बताए । ‘व्यावसायिकरुपमा प्रतियोगिता गरेर खेलक्षेत्रको विकासतर्फ पनि फुटसल सञ्चालन टोलीले ध्यान दिन जरुरी रहेको छ’, राज्यमन्त्री बानियाँले भने ।
फुटसल, पछिल्लो समय निकै लोकप्रिय खेल बन्दै गइरहेको छ । फुटबलकै सानो रुपको रुपमा फुटसलको विकास भएको हो, जुन इन्डोर अर्थात बन्द कोठामा खेलिन्छ । मकवानपुरमा फुटसलको लोकप्रियता उच्च देखिन्छ तर, यसका लागि उपयुक्त खेलस्थल थिएन । अब फुटसल कोर्ट हेटौंडामा तयार भएको छ । युवा व्यवसायीको समूहले मकवानपुरमा यसको आवश्यकता महशुस गर्दै फुटसल कोर्ट तयार गरेका हुन् । कमलडाँडामा रहेको करिब ६ कठ्ठा क्षेत्रफलमा फुटसल कोर्ट बनिसकेको छ । स्वीमिङ् पुलको काम पनि सुरुवात भइसकेको छ । यम सिलवालसहितका केही व्यवसायीहरुले मकवानपुरमा एक करोड रुपियाँ लागतमा फुटसल कोर्ट तयार गरेका छन् । काठमाडौंमा ‘शान्तिनगर फुटसल कोर्ट’ सञ्चालन गरिरहेका सिलवालले मकवानपुरमा पनि यसको आवश्यकता महशुसपश्चात् मैदान तयार पारेको बताए ।‘मकवानपुरबाट फुटसल खेल्नकै लागि मात्रै भनेर काठमाडौं गइरहेको युवालाई हामीले भेट्यौं,’ हेटौंडामा फुटसल कोर्ट निर्माणको अवधारणाबारे प्रष्ट पार्दै सिलवालले भने,‘हामीले मकवानपुरमा पनि एक खालको अध्ययन ग¥यौं । फुटसलको आकर्षण र आवश्यकता यहाँ उच्च पाइयो । त्यसैले यसमा लगानी ग¥यौं ।’
उद्घाटन समारोहमा सांसद् अनन्त पौडेल, पूर्वसांसद् ललित बस्नेत, नेपाल उद्योग बाणिज्य महासंघ क्षेत्रीय अध्यक्ष अरुणराज सुमार्गी, व्यवसायी, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।
Powered by Blogger.