महजात्राबाट ५७ लाख १६ हजार आम्दानी
हेटौंडा, १९ पुस/मानवसेवा आश्रमको निर्माणाधिन भवनलाई सहयोग गर्ने उद्देश्यका साथ पुष ९ गते शनिबार हेटौंडामा भएको महजात्रामा ५७ लाख १६ हजार ९ रुपियाँ आम्दानी भएको जानकारी दिइएको छ ।
आयोजकले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै महजात्राको हिसाब सार्वजनिक गरेको हो । महजात्रा कार्यक्रम मुल आयोजक समितिका संयोजक पुरणबहादुर जोशीका अनुसार टिकटबाट ३५ लाख ६ हजार ९ रुपियाँ नगद संकलन भएको
थियो । यस्तै २२ लाख १० हजार रुपियाँको प्रतिबद्धता आएको र उठ्न बाँकी रहेको छ । यसमा अझै केही रकम थपिने सम्भावना रहेको उनले जानकारी दिए । यस्तै आयोजक समितिका कोषाध्यक्ष प्रकाश पौडेलले वचन प्राप्त भएको रकम उठ्ने क्रममा रहेको र केहीदिन भित्रमा नै उठिसक्ने जानकारी दिए । उक्त कार्यक्रमको नाममा हालसम्ममा ३ लाख ३४ हजार रुपियाँ मात्र खर्च भएको पौडेलले जानकारी दिए । आम्दानी भएको सबै रकम हेटौडा ९ लामसुरेमा निर्माणाधिन मानवसेवा आश्रमको भवन निर्माणका लागि खर्च गरिने छ । महजात्रामा आएका कलाकारहरुको जम्मा खर्च २ लाख मात्र भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । आयोजक समिति संयोजक जोशीले महजात्रा सोचेजतिकै सफल भएको भन्दै सहयोगी सबैमा धन्यवाद व्यक्त गरे ।