Header Ads


इटीएससीको मातृशिशु सम्बन्धि कार्यक्रम

हेटौंडा, १८ पुस/इटीएससी नेपालले मकवानपुरमा मातृशिशु स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम गरेको छ । 
जसअनुसार हेटौंडा– १३ पदमपोखरीमा स्तरीय किशोरी समूहको पोष्टर प्रतियोगिता, सरिखेत गाविसमा हाजिरी जवाफ प्रतियोगिता गरेको छ । कार्यक्रम संयोजक इना सावाको सभाध्यक्षतामा भएको पोष्टर प्रतियोगितामा अनिशा घलान प्रथम, शान्ति थिङ द्वितीय, मनमाया स्याङ्तान तृतीय र रञ्जिता गोले सान्त्वना भएका थिए । प्रतियोगितामा क्रमश प्रथम, द्वितिय, तृतीय र सान्त्वना भएकाहरुलाई २ हजार ५ सय, २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय रुपियाँ प्रदान गरिएको थियो । त्यसैगरी वडास्तरीय हाजिरी जवाफ प्रतियोगितामा पलाँसे वडा नम्बर–२ का महिला स्वास्थ्य समूह प्रथम, लावतीका  किशोरी समूह द्वितीय, महिला स्वास्थ्य समूह तृतीय र वडा नम्वर २ का किशोरी समूह सान्त्वना भएका थिए । उनीहरुलाई व्यक्तिगत सरसफाइका सामग्री बक्स प्रदान गरेको थियो । 
त्यसैगरी सरिखेत २ का सुत्केरी गीता प्रजालाई सुत्केरी सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक सावाले जानकारी दिइन् ।
Powered by Blogger.