Header Ads


संकटा क्लव हेटौंडा गोल्डकपको क्वाटरफाइनलमा

हेटौंडा, १८ पुस/हेटौंडामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलबाट काठमाण्डौंको संकटा क्लव क्वाटरफाइनलमा प्रवेश गरेको छ । 
भूटानको ड्रक स्टार एफसीसंग १–० को निकै कठिन जित निकाल्दै संकटा क्वाटरफाइनल प्रवेश गरेको
हो । संकटाको लागि निर्णायक गोल अनिल गुरुङले गरे । उनले ८४ औं मिनेटमा गरेको गोल नै संकटाको लागि निर्णायक बन्यो । 
अभिषेक रिजालले प्रहारबाट रिबाउण्डको बललाई गुरुङले पोष्टको दिशा दिएका हुन् । संकटाका अनिल नै खेलको म्यान अफ दी म्याच भए । जारी प्रतियोगितामा आज मङ्गलबार पोखराको साहारा क्लव र दिल्ली यूनाइडेड क्लव भारतको बीचमा खेल हुनेछ । 
संकटाका प्रशिक्षक शैलेश कर्माचार्यले आफ्ना खेलाडीले सोचेजति खेल प्रस्तुत गर्न नसकेको प्रतिक्रिया
दिए । ‘यो गेमको लागि जुनियर भाईहरुलाई ल्याएका थियौं । केही नयाँ खेलाडी पनि छन्’, उनले थपे, ‘वर्क परमिट’ नभएका कारण केही विदेशी खेलाडीलाई हामीले खेलाउन सकेनौं ।’ यस्तै ड्रक स्टार एफसीका प्रशिक्षक कोता नाम्गेले भीसाका कारण २ जना मिडफिल्डर र २ जना फरवर्ड आउन नपाएको जानकारी दिंदै आफ्नो खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गरे । ‘अर्को साल पनि हामीलाई बोलाउनुभयो भने यो भन्दा राम्रो टिम ल्याउनेछौं’, उनले भने, ‘आर्टिफिसियल ग्राउण्ड’ मा खेल्ने हाम्रा खेलाडीले यहाँको ग्राउण्डमा राम्ररी खेल्न सकेनन् । आफूले ल्याएको टिम थिम्पुको ए डिभिजन क्लव भएको उनले जानकारी दिए । 
यही पुष २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ः नगद ५ लाख र ३ लाख नगद प्राप्त गर्नेछ । २०७२ सालको विनाशकारी भूकम्पमा निधन भएका मकवानपुरे खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको खेलकुद प्रतिष्ठानले गत बर्षबाट हेटौंडा गोल्डकप सञ्चालन सुरु गरेको हो । 
Powered by Blogger.