Header Ads


दलसंग सल्लाह नगरी सूचना जारी गरेको भन्दै ध्यानाकर्षण

हेटौंडा, १८ पुुस/मकवानपुरमा पर्ने राजमार्ग तथा राजपथ विस्तारको लागि डिभिजन सडक कार्यालय हेटौंडाले मकवानपुरका राजनीतिक दलसंग सल्लाह नै नगरी १५ दिने सूचना निकालेको भन्दै यहाँ कृयाशील राजनीतिक दलले ध्यानाकर्षण भएको जनाएका छन् । 
सोमबार भएको सर्वदलीय छलफलले स्थानीय राजनीतिक दलका प्रमुखहरुसंग छलफल गरी अर्को सूचना निकाल्न माग गरेको हो । यस्तै जनताको सम्पती राज्यले लिनको लागि उचित मुआब्जा दिनुपर्ने भन्दै यहाँका राजनीतिक दलका नेताहरुले उचित मुआब्जा दिन माग गरेको छ । 
मुआब्जाको लागि प्रधानमन्त्रीको कार्यालय तथा सम्बन्धित मन्त्रालयहरुमा डेलिगेसन जाने निर्णय समेत गरेको छ । तर डेलिगेस कहिले को को जाने भन्ने बारेमा भने जानकारी दिइएको छैन । बैठकमा नेपाली काँग्रेस मकवानपुरका कार्यबहाक सभापति बिष्णु लामिछाने, नेकपा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, नेकपा माओवादी केन्द्र ल्लिा संयोजक प्रेमबहादुर पुलामी छिन्तु, राप्रपाका केन्द्रीय सदस्य नवराज बिष्ट, नेकपा माले मकवानपुर सचिव भीमसेन महत, नेपाली काँग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याललगायतको उपस्थिती रहेको थियो । 
डिभिजन सडक कार्यालय हेटौंडाले सोमबार बिहान राष्ट्रिय तथा स्थानीय पत्रिकाहरुमा राजमार्ग आसपासका निजी संरचनाहरु १५ दिनभित्र हटाउन भन्दै सूचना जारी गरेको थियो ।

Powered by Blogger.