Header Ads


विपद् व्यवस्थापन समितिको चौमासिक समिक्षा

हेटौंडा, १८ पुस/जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको प्रथम चौमासिक समिक्षा गरेको छ । 
चालु आर्थिक बर्षमा डेंगुको बिरामी अत्याधिक बढेको जानकारी दिंदै कार्यालय प्रमुख रामचन्द्र पाठकले यसवर्ष ७४ जनामा डेंगु प्रमाणित भएको जानकारी दिए । जसमा ३८ जना बिरामीलाई जिल्ला जनस्वास्थ्य कार्यालयले प्रमाणित गरेको र बाँकी ३६ जनालाई मेडिकलबाट प्रमाणित भएको उनले बताए । कार्यालयले पहिलो चौमासिकमा जिल्लामा डेंगुका बिरामी देखिएपछि आपत्तकालिन बैठक, महिला स्वयम्सेविकालाई तालिम, लार्भा नष्ट र सचेतनामूलक ¥यालीको आयोजना गरेको उल्लेख गरिएको छ । 
यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख पाठकले जोखिमयुक्त क्षेत्र पहिचान र तत्काल समस्या समाधानको लागि समिति क्रियाशिल रहेको बताए । मकवानपुरमा डेंगु पूर्ण रुपमा नियन्त्रणमा आएको जानकारी दिंदै उनले झाडापखाला जस्ता समस्याहरु माहामारीको रुपमा फैलने गरेको बताए । 
विपत्ति र समस्या महामारीको रुपमा देखिने बित्तिकै तत्काल नियन्त्रण गर्न समिति गठन गरिएको बताइएको छ । समिक्षामा विभिन्न सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधीको उपस्थिती रहेको थियो । 
Powered by Blogger.