Header Ads


एसपी लामाद्वारा एक महिनाको प्रगति विवरण सार्वजनिक

हेटौंडा, १८ पुस/प्रहरी उपरीक्षक (एसपी) बसन्तकुमार लामाले एक महिनामा भएको प्रगति विवरण सोमबार सार्वजनिक गरेका छन् । 
मंसिर १३ गतेबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुखको जिम्मेवारी सम्हालेका लामाले आफू यहाँ आएपछि भए गरेका प्रगति विवरण सावंजनिक गरेका हुन् । पछिल्लो एक महिनाको अवधिमा एकसय ४० जनालाई पक्राउ परेका छन् । एकसय ४० जना पक्राउ गरी ८५ जनालाई कारबाही गरेको एसपी लामाले जानकारी दिए । पक्राउ परेको मध्य १ सय ३६ पुरुष तथा ४ जना महिला रहेको र कारबाही परेको ८१ जना पुरुष र चारजना महिला रहेको उनले जनाए । प्रहरीले लागूऔषध कारोबारी, जर्बजस्तीकरणी, चोरी, कर्तव्य ज्यानलगायतको शीर्षकमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीको अनुसार लागूऔषध सहित २७ जना, कर्तव्य ज्यान २ जना, चोरीमा १० जना, जुवाडे ४२ जना, जर्बजस्ती करणी अभियोगमा एक जनासहित एकसय ४० जना पक्रउ परेका हुन् । 
प्रहरीले विभिन्न अपराधमा अदालतले सजाय सुनाएको २० जना फरार अपराधिलाई समेत पक्राउ गरेको जनाएको छ । पत्रकार सम्मेलनमा एसपी लामाले अपराध न्यूनीकरणमा प्रहरीको सक्रियता कमी नहुने बताए । एक महिनामा दुईसय ६९ बिगाह गाँजा, ३४ बिगहा अफिम फडानी प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंसिर १७ गतेबाट पुस १८ गतेसम्मको एक महिने अवधिमा दुईसय ६९ विगहा गाँजा तथा ३४ बिगाह अफिम नष्ट गरेको जनाएको छ । सम्मेलनको आयोजना गरी प्रहरीले लागूऔषध न्यूनीकरण अभियानअन्र्तगत् मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२७ मा २५ बिगाह, भार्ता गाविसमा ३० का, डाँडाखर्कमा १५ रोपनी, काँकडामा ६८ बिगाह, राक्सिराङमा एकसय २५ बिगाहलगायत जिल्लाको अन्य गाविसमा गरी दुईसय ६९ बिगहा गाँजा तथा ३४ बिगहा अफिम नष्ट गरेको छ । पत्रकार सम्मेलनलाई निरन्तरता दिंदै जाने भन्दै लामाले सञ्चारकर्मीको सकारात्मक सहयोगको अपेक्षा गरिएको बताए ।
Powered by Blogger.