लागूपदार्थको प्रयोग र समाधान
![]() |
शन्दिप शाक्य
|
कुनै पनि मानिस जन्मैदेखि आमाको कोखबाट लागूपदार्थको प्रयोग गर्छु भनेर यो संसारमा आएको हुँदैन । मानिसको उमेरसँगै उसको शारीरिक, मानसिक र भावनात्मक परिवर्तन भइरहेको हुन्छ । उमेर अनुसारको कौतुहलता र उत्सुकताको
कारणले धेरै युवाहरु लागू पदार्थको दलदलमा फसेको पाइन्छ । कुनै उद्देश्य प्राप्तिको बहनामा मान्छे लागूपदार्थमा फसेको छ। तनाव, चिन्ता, असफलता र विभिन्न समस्याहरु एवम समस्याहरुबाट आफूलाई शारीरिक र मानसिक रुपमा मुक्त हुनका लागि गरिने नशाजन्य पदार्थको प्रयोग नै लागू पदार्थको प्रयोग हो । कुनै पनि व्यक्ति दुव्र्यसनी बन्छु भनेर लागू पदार्थको प्रयोग गरेको हुँदैन । तर लागू पदार्थलाई निरन्तरता दिँदै जाँदा शारीरिक र मानसिक रुपमा ऊ लागू पदार्थमै निर्भर हुन पुग्छ ।
यसरी लागू पदार्थलाई निरन्तर प्रयोग गर्दै जाँदा शरीरमा एक प्रकारको सहने क्षमताको विकास हुँदै जान्छ । अर्थात आज १ एमएल लागू पदार्थमा लठिने मानिस तीन महिनापछि उसलाई त्यो र एमएल लागू पदार्थको मात्राले पुग्दैन उसको शरीरले लागू पदार्थलाई पचाउन र सहन गर्न थालेको हुन्छ । यो अवस्थामा ऊ शारीरिक र मानसिक रुपमा लागू पदार्थमै निर्भर
रहन्छ । जसको परिणाम स्वरुप लागू पदार्थ बिना उसको दैनिक जीवन सामान्य अवस्थामा व्यत्तित गर्न नसक्ने हुन्छ । यो अवस्था ने निर्भरताको अवस्था हो ।
लागूपदार्थ सेवन गर्नुको पछाडि सिमित एउटा कारण मात्र नभई धेरै कारण रहेका हुन्छन् । अनुसन्धानले देखाए अनुसार ती कारणहरु निम्नि अनुसार छन् ।
१) दौतरी दबाब ः
अधिकांश युवा साथीसंगतको कारण लागू पदार्थमा फसेको देखिन्छ । साथीले
गरेको आग्रहलाई नाई भन्न नसक्नु
नकारात्मक कुराहरु प्रति प्रसितत हुनु र आफूलाई अरुभन्दा भिन्न देखाउन खोज्नु जस्ता कारणले लागू पदार्थमा युवाहरु फसेको पाइन्छ ।
२) उत्सुकता र परिक्षण ः
उमेर अनुसार मानिसको व्यवहार र सोचाइमा परिवर्तन आउँछ । उमेर अनुसार नयाँ कुराहर परिक्षण गर्न मन लाग्नु । यो चिज कस्तो हुन्छ होला भनेर जिज्ञासा राख्ने र प्रयोग गर्ने आत्मविश्वास बढ्छ कि, रमाइलो हुन्छ कि, समस्या र पीडाबाट मुक्त भइन्छ कि भन्ने जस्ता सोच अनि कौतुहलताको कारण युवाहरु लागू पदार्थमा फसेको पाइन्छ ।
३) पारिवारिक वातावरण ः
केही युवाहरु पारिवारिक वातावरणले पनि लागू पदार्थमा फसेको पाइन्छ । जस्तो परिवारमा असमझदारी, कलहको
वातावरण, परिवारका अन्य सदस्यले पनि लागू पदार्थको सेवन गर्नु जस्ता कारणहरुबाट पनि लागू पदार्थको दलदलमा फसेको
पाइन्छ ।
लागू पदार्थको वर्तमान स्थितिलाई हेर्ने हो भने विशेष गरेर १४ देखि २४ वर्षको उमेर समूह नै लागू पदार्थको दलदलमा फसेको पाइन्छ । साथै लागू पदार्थ प्रयोग कर्ता एचआइभी र हेपटाइटिस जस्ता रगत जन्य संक्रमणको जोखिम वर्ग पनि हो ।
लागू पदार्थ न्यूनिकरण गर्नका लागि राज्यले मात्र सम्भव छैन । यसको लागि हरेक समुदाय संघ संस्था र हरेक व्यक्ति आफै लाग्नुपर्छ । अनि मात्र हामी लागू पदार्थरहित शुद्ध समाजको परिकल्पना गर्न सक्छौँ । वर्तमान महत्वपूर्ण आवश्यकता भनेको लागू पदार्थको उत्पादन, ओसार पसार र यसको मागलाई घटाउनु हो । जसको लागि राज्य पक्षबाट विभिन्न कार्यक्रम ल्याउन जरुरी छ । राज्य पक्षबाट लागू पदार्थ दुव्यशनीबाट मुक्ति लिएकाहरुलाई ससम्मान समाजमा स्वागत गरिनुपर्दछ । लागू पदार्थ प्रयोग कर्ताले लागू पदार्थ छोडिसकेपछि उसले आफ्नो जीवनलाई कसरी संचालन गर्ने भनेर ऊ सँग कुनै आधारहरु हुँदैन उनीहरुको लागि सीपमूलक तालिम, ज्ञान, सीप,रोजगारीको वातावरण सिर्जना गर्नु पनि आवश्यक छ । ज्ञान, सीप, रोजगारीको अभावमा लागू पदार्थ प्रयोग गर्न छोडेका युवाहरु पुन लागू पदार्थमै फर्किएको नमिठो वास्तविकता हाम्रो आँखा अगाडि छर्ल· छ । जोखिम वर्गमा रहेको समुदायलाई लागू पदार्थको प्रयोग सम्म पुग्न नदिनु लागू पदार्थको लतमा फसेको व्यक्तिलाई उपचारको पहुँचसम्म पु¥याउनु र उसलाई ज्ञान, सीप र क्षमता सहित समाजमा पुर्नस्थापित गर्नु राष्ट्रनिर्माणमा अग्रसर गराउनु र लागू पदार्थको उत्पादन, ओसारपसार संचय गर्नेलाई कानूनी दायरासम्म ल्याई कारवाही गर्नु वर्तमान आवश्यकताहरु हुन् । विद्यालय स्तरबाटै विभिन्न सामना गर्नसक्ने सीप जस्तै तनाव, चिन्ता, समस्या, निर्णय लिने सीप जस्ता विभिन्न जीवन उपयोगी सीपहरु पनि दिन जरुरी छ ।
(शाक्य मकवानपुर रिकभरि· सचिव हुन् ।)

