Header Ads


खाँचो राज नेताको

मधुसुदन अधिकारी
नेपालको राजनैतिक इतिहासमा ठूला–ठूला राजनैतिक परिवर्तन भउ ।
राणा शासन गयो, प्रजातन्त्र आयो, त्यो प्रजातन्त्रलाई पञ्चायत नामको तानाशाहको परछायाँले खायो त्यो पन धेरै लामो समय टिक्न सकेन । फेरी बहुदला आयो  पञ्चायतका अवशेषहरु संरक्षित रहे जसको परिणाम ०६२÷०६३ को जनआन्दोलन बाट ती अवशेषहरु नेपाली जनताले सदा–सदाका लागि फालिदिए र आजसम्मको अवस्था हेर्दा नेपाली जनताले यो देशको राजनैतिक परिवर्तन्मा निसंकोच साथ दिए र सक्रिय सहभागिताका साथ परिवर्तनको पक्षमा नेपाली जनता उभिएको पाइन्छ । राणाशसन विरुद्धको आन्दोलन देखि ०६२÷०६३ को अवस्थासम्म आइपुग्दा जनताको परिवर्तन प्रतिको उत्साह असिम पाइन्छ आशावादी उत्साह पाइन्छ । 
मुलुकका सामन्त्री निरंकुसताको अन्त भयो, गणतन्त्रको अभ्यास भइरहेको छ, नयाँ संविधान कार्यान्व्यनको कार्यान्वयन हो त्यसको लागि निर्वाचन कानुन बनाएर निर्वाचनमा जानुपर्ने हो त्यसको लागि निर्वाचन कानुन बनाएर निर्वाचनमा जानुपर्ने हो तर सत्ताको बागडोर सम्हालेका दलहरु यतापट्टी जानै चाहेको पाइदैन । देशमा संक्रमणकालको अन्तका लागि रातदिन नभनी कानुनीजटिलतालाई सहज बनाउँदै लैजानु पर्नेमा देशका प्रधानमन्त्री विदेश भ्रमणमा छन्, सत्ता साझेदार दलका नेताहरु सबैखाले बोलि बोल्दै हिड्दैछन् अनि सरकार सकेसम्म वर्तमान अवस्थालाई कायम राख्न चाहन्छ । किनकी माओवादी केन्द्रलाई जनमतमा विश्वासै छैन उ खाली जनता भित्र अतिवादी तर्कना मात्रै गर्दैछ । सर्वत्र नेपाली जनताले यो देशमा राजनेताको खाँचो महशुष गरिरहेका छन् । 
ध्वंसात्मक बाटोमात्रै आफ्नो लाइन सम्झनेहरुबाट देशको समग्र विकास सम्भव देख्दैनन नेपाली जनता परिणाम सधैँभरी एउटै असहमति विरोध अनि अस्तित्वको अस्विकार । यसरी अहिले सरकारका मन्त्रीहरु 
कुरा निर्वाचनका गर्ने नेपाली जनतालाई झुक्याउन काम निर्वाचन भाडिने र राजनैतिक वातावरण विगार्ने खालको गर्ने अनि स्याल हुइयाँ मच्चाएर आफूले गरेका कामको फेहरिस्त प्रदर्शन गर्ने तर उपलब्धी भने शुन्य । चेत छैन भोली नेपाली जनताले के भन्लान भन्ने, होस गुम छ के बोलियाँ, के गरिदैछ भनेर । विपक्षीलाई झुक्याउने कार्य गरेको नेपाली जनताले हेरेका छन् । संविधान संशोधनको प्रस्ताव नेपाली जनताले बुझेका छन् । राज्य चलाउन छलकपट छैन निर्दिष्ट लक्ष्यको आवश्यकता पर्दछ।नेपालका नेताहरुमा त्यो खालको स्पष्टता नदेखेर नेपाली जनता एक कुशल राजनेताको खोजीमा छन् । 
जसले जे  बोल्छ त्यो गरोस्, जती बोल्छ त्यति गरोस्, जे छ त्यो भनोस जे गर्दा अत्मसम्मान बढ्छ त्यो गरोस जहाँ जाँदा नेपाल र नेपाली मान र सान बढ्छ त्यहाँ जाओस् जे बनाउँदा वा जे निर्माण गर्दा नेपाली सुखी र खुशी हुन्छन् त्यो बनाओस् र गर्वका साथ म नेपाली हुँ नेपालीको हितमा काम गर्छु भनेर निर्धक्क भनोस अनि विहान एकाथरी बोल्ने दिउँसो अर्को थी बोलि नबोलोस् साझा अवधारणाका योजना ल्याएर सम्वृद्ध नेपालको निर्माणको कार्यारम्म गरोस् बस यस्तो राजनेता नेपाली जनतालाई चाहिएको छ । अब नेपाली जनताको यो चाहाना पुरा गर्ने आँट र हिम्मत भए मैदानमा आए हुन्छ अन्यथा मैदान खाली गरे हुन्छ । इतिहास जेसुकै होस् त्यसलाई निरन्तरता नदिएपछि, पृष्ठभूमि जतिसुकै आदर्शवादी होस त्यसको कार्यान्वन नगरेपछि दल जतिसुकै आदर्शवादी होस त्यसको कार्यान्वयन नगरेपछि दल जतिसुकै प्रजातान्त्रिक होस समयसापेक्ष परिवर्तन हुन नसकेपछि अनि दल जतिसुकै क्रान्तिकारी होस् स्पष्ट क्रान्तिकारी छवि टिकाउन नसकेपछि । 
तसर्थ यो देशमा जसरी राणाविरोधी क्रान्तिका कुरा गरेपनि सधैँभरी लामो इतिहासका बखान गाएपनि आफू चल्ने बागडोर अर्कैको हातमा देखि जतिसुकै सशस्त्र संघर्षबाट आएको भएपनि क्षण भरमै पदलोलुप्तमा लम्पसार परेपछि नेपाली जनताले पत्याउन छैनन र त्यसैको भावावोधले होला वर्तमान सरकार र घटक दलहरु निर्वाचन विथोल्नै हर्कतका लागेको नेपाली जनताले टड्कारै महशुष गरेका छन् । 
तसर्थ चाहे राज्य संचालनमा होस् चाहे विकास निर्माणको कार्यमा वर्तमान सरकार यस अघिको सरकारको कार्यक्रम विथोल्ने, अलमल्याउने र भाड्ने कार्यमा मात्रै सिमित देखिएको छ ।
Powered by Blogger.