Header Ads


फेन्सीको सामान सडक पेटीमा

हेटौंडा, १० माघ/राजमार्ग दायाँबायाँको २५ मिटर क्षेत्रको घर, टहरालगायतका संरचना भत्काउने अभियान सुरु भएर अहिले रोकिएको अवस्थामा राजमार्ग आसपासका कपडा व्यापारी एवम् व्यवसायीहरु अहिले धमाधम सस्तो मूल्यमा सामान बेचिरहेका छन् । 
सडक पेटीमा कपडालगायतको व्यवसाय भैरहँदा सर्वसाधारणलाई हिँडडुलमा समेत अप्ठेरो परिरहेको छ । ‘धेरैले सामान सारिसेका छन् । हेटौंडामा अहिले कोठा पाउनै मुस्किल छ, पाएपनि ज्यादै महङ्गो’, हेटौंडाको सडकपेटीमा रेडिमेड कपडा बेचिरहेका एक व्यवसायीले भने, ‘कहिलेबाट फेरि भत्किन सुरु हुने हो थाहा छैन । घरबेटीले पसल खाली गर्न भनिसकेका छन्, अब सस्तो दाममा बेचेरै भएपनि सामान त सक्काउनुप¥यो नि ।’ 
२ हजारको पाइण्ट ७÷८ सयमा, ३ हजारको ज्याकेट १२÷१३ सयसम्ममा बेचिरहेको उनले जानकारी दिए । २५ मिटरको कारण बर्षौंदेखि गर्दै आएको व्यवसाय नै धरापमा परेको भन्दै उनले यस्तो अवस्थामा राज्यले उचित विकल्पहरु प्रस्तुत गर्नु आवश्यक रहेको बताए । व्यवसायीहरु आफूसंग भएको सामान बेचिसक्नको लागि फुटपाथमा झैं सस्तोमा बेच्न बाध्य रहेका छन् । ‘हजारको सामान ५ सयमा’, ‘आउनुस् आउनुस्’, ‘सस्तोमा राम्रो सामानु भन्दै कराइरहेका व्यापारी हरुमा सर्वसाधारणसको भीड लागिरहेको छ । ‘राज्यले चाह्यो भने जे पनि हुने रहेछ’, हेटौंडा राप्तीरोडमा व्यवसाय गर्दै आएका रमेश शाहले भने, ‘सस्तो मूल्यमा सामान नबेचेर के गर्नु ? कि त फालेर हिँड्नप¥यो ।’ यस्तै यसअघि हेटौंडा बसपार्क नजिकै फेन्सी पसल सञ्चालन गर्दै आएका र केही महिनाअघि मात्र राप्तीरोडमा 
सरेका प्रकाश सुवेदीले अहिले रुनु न हाँस्नुको अवस्थामा आफू रहेको सुनाए । ‘केही समयअघि मात्रै राप्तीरोडमा व्यवसाय विस्तार गरियो । आज यो दिन आउँछ भन्ने कसलाई के थाहा र ?’, उनले भने ।
Powered by Blogger.