Header Ads


भोली लायन्स र लियोको फेलोसीप कार्यक्रम

हेटौंडा, २१ पुस/हेटौंडामा लायन्स र लियोको फेलोसीप कार्यक्रम हुने भएको छ । लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बी टू अन्तर्गतको एरिया २ को लायन्स र लियोहरुको भोली शनिबार फेलोसीप कार्यक्रम हुने भएको हो । 
वीरगञ्ज, जितपुर, सिमरा र मकवानपुरका गरी ४५ वटा लायन्स र लियो मिलेर फेलोसीप कार्यक्रम गर्न लागिएको बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । लायन्स र लियोको बीचमा मित्रता एवम् भाइचारा अझ बलियो बनाउने, सामाजिक कार्यको लागि ऐक्यबद्धता जनाउने र एकआपसमा ज्ञान बढाउनका लागि कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक टासीडोल्मा तुम्बाहाम्फेले जानकारी दिइन् । 
विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै समाजमा लायन्स र लियोले गर्ने कार्यको प्रचारप्रसार समेत गरिने बताइएको छ । हेटौंडा रिसोर्टमा हुने कार्यक्रममा करिब ३ सय ५० जनाको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा लायन्सका इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान रहने तुम्बाहाम्फेले जानकारी दिइन् । 
लायन्सको इतिहासमा हालसम्म फेलोसीप कार्यक्रम नभएको जानकारी दिंदै उनले यो ऐतिहासिक कार्यक्रम भएको दावी गरिन् । कार्यक्रमका प्रमुख अतिथी खेतानलाई हेटौंडा औद्योगिक क्षेत्रबाट स्कर्टीङ गरेर कार्यक्रम स्थलसम्म पु¥याइने जानकारी दिइएको छ । कार्यक्रममा सहजकर्ताको रुपमा सञ्जय खेतानसंगै डा. के.ढुङ्गाना, राजेशमोहन प्रधान र बीके महर्जन रहने पत्रकार सम्मेलन संयोजक शिवकुमार कार्कीले जानकारी दिए । कार्कीका अनुसार उक्त दिन साँस्कृति कार्यक्रमसहित बिंगो, फेसन शो, म्यूजीकल चेयर, डोरी तान्ने खेल, रिङ गेमका साथै अन्य खेलहरु समेत हुनेछन् । मकवानपुरमा १८ वटा लायन्स र ७ वटा लियो क्लव रहेको छ । 
Powered by Blogger.