Header Ads


मकवानपुर जिल्ला सहकारीको साधारण सभा

हेटौंडा, २३ पुस/मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बद्रीप्रसाद लम्सालको सभाध्यक्षतामा भएको कार्यक्रममा डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संघको वार्षिक प्रतिवेदन अध्यक्ष लम्सालले प्रस्तुत गरेका थिए भने  संघका कोषाध्यक्ष मेनका दहालले लेखा प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्त्व्य संघका सदस्य शर्मिला श्रेष्ठले स्वागत मन्त्व्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा अडिटर एशोसियशन मकवानपुरका अध्यक्ष प्रकाश ढकाल, श्री बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका सचिव सर्मिला डंगोल, केन्द्रिय कृषि सहकारी संघका उपाध्यक्ष तथा जिल्ला कृषि सहकारी संघ मकवानपुरका अध्यक्ष एकराज उप्रेती, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष राधा सिन्तानलगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.