लायन्स र लियोको फेलोसीप कार्यक्रम सम्पन्न
हेटौंडा, २३ पुस/लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बी टू अन्तर्गतको एरिया २ को लायन्स र लियोहरुको फेलोसीप कार्यक्रम भएको छ ।
शनिबार हेटौंडामा बीरगञ्ज, जितपुर, सिमरा र मकवानपुरका गरी ४५ वटा लायन्स र लियो क्लवको बीचमा फेलोसीप कार्यक्रम भएको हो । लायन्स र लियोको बीचमा मित्रता एवम् भाइचारा अझ बलियो बनाउने, सामाजिक कार्यको लागि ऐक्यबद्धता जनाउने र एकआपसमा ज्ञान बढाउनका लागि कार्यक्रम गरिएको फेलोसीप कार्यक्रम संयोजक टासीडोल्मा तुम्बाहाम्फेले जानकारी दिइन् । हेटौंडा रिसोर्टमा भएको कार्यक्रममा करिब ३ सय ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य आकर्षणको रुपमा लायन्सका इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान रहेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खेतानलाई हेटौंडा औद्योगिक क्षेत्रबाट स्कर्टीङ गरेर कार्यक्रम स्थलसम्म पु¥याइएको थियो । लायन्सको इतिहासमा हालसम्म फेलोसीप कार्यक्रम नभएको दावी गर्दै आयोजकले यो ऐतिहासिक कार्यक्रम भएको दावी गरेको छ । कार्यक्रममा सहजकर्ताको रुपमा सञ्जय खेतानसंगै डा. के.ढुङ्गाना, राजेशमोहन प्रधान र बीके महर्जन रहेका थिए । साँस्कृति कार्यक्रमसहित बिंगो, फेसन शो, म्यूजीकल चेयर, डोरी तान्ने खेल, रिङ गेमका साथै अन्य खेलहरुसमेत भएका थिए ।

