सेमिनरीमा स्थापित र न्यौपाने
हेटौंडा, २३ पुस/हेटौंडा–५ भित्रि चिसापानीमा रहेको सेमिनरी एकेडेमिक काउन्सिल प्रालि (माध्यमिक विद्यालय) को शनिबार सम्पन्न भेलाले प्रालिको नया नेतृत्व चयन गरेको छ । प्रालिको संचालक समिति अध्यक्षमा रमेशरत्न स्थापित र विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा कृष्णराम न्यौपानेलाई चयन गरेको छ ।
कम्पनीको संचालकमा बिष्णुप्रसाद अधिकारी, खड्गबहादुर गोपाली, पुरनकुमार प्रधान, कृष्णबहादुर कार्की, कृष्णराम न्यौपाने, जानकी चौधरी, साम्देन थापामगर, शोभा थापा, पूर्णबहादुर खनाल, हरिप्रसाद फुँयाल चयन भएका छन् । त्यसैगरी विव्यसमा गीता तिमल्सिना, कान्ति चौधरी, साम्देन थापामगर, रणबहादुर कार्की, शिक्षक प्रतिनिधि आशा ढकाल र सदस्य सचिवमा प्रधानाध्यापक शोभा थापा चयन भएको निर्वाचन मण्डलका अध्यक्ष भानुभक्त आचार्यले बताए । कम्पनीको साधारणसभामा प्रबन्ध संचालक बिष्णुप्रसाद अधिकारीले प्रस्तुत गरेको आर्थिक बर्ष २०७२÷७३ को आयव्यय तथा २०७३÷७४ को अनुमानित आयव्यय पनि पारित गरेको छ ।
कम्पनी अध्यक्ष नारायणप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका कम्पनीका संचालक दामोदर पौडेल, प्रधानाध्यापक शोभा थापा, विव्यस अध्यक्ष रमेशरत्न स्थापित, संस्थापक अध्यक्ष हरिप्रसाद अधिकारी, संचालक रणबहादुर कार्कीले बोलेका थिए ।

