परिचय बचतको सातौँ साधारण सभा
हेटौंडा, २३ पुस/ परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको सातौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष दीपक तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष तिमल्सिनाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका लम्सालले नागरिकहरुको आधारमा राज्य समृद्धि हुने भएकोले नेपाल सरकारले राष्ट्रिय समृद्धिको अभियानलाई जोड दिँदै गइरहेको बताए ।
कार्यक्रममा संस्थाले उत्कृष्ट कर्मचारीतर्फ रञ्जीता राई, संगीता तिमल्सिना, मनिला महर्जनलाई सम्मान गरेको थियो भने उत्कृष्ट व्यवसायिक बचततर्फ सृजना थोकर, राजेन्द्र ढकाललाई सम्मान गरेको थियो । संस्थाले लखपति बचततर्फ सुरज बानियाँ, उत्कृष्ट ऋणीमा सिता भेटवाल, धनशंकर खतिवडा, उत्कृष्ट परिचय बानेसतर्फ राजदेव बानियाँ, राधाकृष्ण श्रेष्ठ, नारी बचततर्फ लक्ष्मीमाया थिङ, लखपति बचत कर्तामा नारायण्ी श्रेष्ठ र आवधिक बचतमा अम्विका पाण्डेलाई सम्मान गरेको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुप्रसाद न्यौपानेले स्वागत मन्त्व्य व्यक्त गरेका थिए । कार्यक्रममा नमूना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिठाराम दहाल, सञ्चेरी बैंक हेटौंडाका प्रमुख सुहित शाक्य, सारङकोट साप्ताहिकका एदुनाथ बञ्जरालगायतको आतिथ्यता रहेको थियो ।

