राष्ट्रिय युवा अभियान मकवानपुरको अध्यक्षमा कार्की
हेटौंडा, २३ पुस/डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको युवा संगठन राष्ट्रिय युवा अभियान मकवानपुरको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा सुदिप कार्की चयन भएका छन् ।
शनिबार भएको अधिवेशनबाट कार्कीको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन भएको हो । जसको उपाध्यक्षमा रमेश स्याङ्तान, अनिल राई, लक्ष्मण न्यौपाने चयन भएका छन् भने सचिवमा दिनेश चौलागाई, सहसचिवमा प्रकाश विक र कोषाध्यक्षमा अमिसा श्रेष्ठ चयन भएका छन् । राष्ट्रिय युवा अभियान मकवानपुरको संयोजक सुबोध रिमालको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारी सदस्य एवम् ३ नं. प्रदेश संयोजक दंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको आयोजनामा शनिबार नयाँ शक्ति पार्टी नेपाल मकवानपुरबाट निकालिएको ¥याली बुद्धचोक हुँदै पशुपति मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा नयाँ शक्ति पार्टी जिल्ला
उत्प्रेरक सविना अर्याल, नयाँ शक्ति पार्टी ३ नं. प्रदेशको सहसंयोजक सोनामसिं स्याङतान, नयाँ शक्ति पार्टी मकवानपुर संयोजक प्रल्हाद लामिछाने, राष्ट्रिय यूवा अभियान ३ नं. प्रदेश सहसंयोजक तुफानविक्रम क्षेत्रीलगायतको आतिथ्यता रहेको थियो । वर्तमान अवस्थामा दैनिक करिब १५ सय युवा विदेशिने गरेको तितो यथार्थ नेपाली माझ रहेको भन्दै अध्यक्ष कार्कीले देशको आर्थिक समृद्धिमा अबको पहल जरुरी रहेको बताए । अब युवालाई सबल र सक्षम बनाउनको निम्ती लागिपर्ने उनले प्रतिबद्धता व्यक्त गरेँ ।

